back
CTIZAN AD

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ हजार ७२९ संक्रमित, २५ जनाको मृत्यु

वि.सं.२०७८ साउन २२ शुक्रवार

687 

shares

२२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७२९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार पिसीआर र एन्टिजेन विधिबाट १५ हजार ६७५ नमुना परीक्षण गर्दा ३ हजार ७२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । बिहीवारको तुलनामा संक्रमित हुनेको संख्या आज पनि केही घटेको छ ।

आज काठमाडौंमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना गरी उपत्यकामा आज ७०१ जना नयाँ संक्रमित थपिएका छन् । बिहीवारको तुलनामा आज उपत्यकामा संक्रमित हुनेको संख्या झण्डै ३ सयले कमी हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । आज थपिएका २५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३१ हजार ४२७ जना होम आइसोलेशनमा र ३ हजार ५१५ जना संस्थागत आइसोलेशनमा उपचारत रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७३२ जना र भेन्टिलेटरमा १५८ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी शुक्रवार देशैभरी १ लाख २० हजार ८९९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४० लाख ५ हजार ६७५ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ७७ हजार ५८९ पुगेको छ ।

आज देशैभरी ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

वि.सं.२०७८ साउन २२ शुक्रवार १७:४८ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...