back
CTIZAN AD

आजदेखि कोभिसिल्डको पहिलो मात्रा लगाएका १४ लाख बढी नागरिकलाई दोस्रो मात्राको खोप

वि.सं.२०७८ साउन २५ सोमवार

753 

shares

२५ साउन, काठमाडौं । आज (सोमवार) देखि ६५ वर्ष वा सो भन्दा माथि उमेर समुहका झण्डै १४ लाख जेष्ठ नागरिकहरुले कोभिसिल्ड खोपको दोस्रो मात्राको खोप लगाउँदैछन् ।

स्वास्थ्य सेवा विभागका अनुसार जापान र भुटान सरकारद्धारा प्राप्त अष्ट्राजेनिका खोप जेष्ठ नागरिकहरुलाई लगाइने भएको हो ।

आज र भोली देशैभरीका जेष्ठ नागरिकहरुलाई उक्त खोप लगाइने छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज र भोली जेष्ठ नागरिकलाई लगाएर बाँकी रहेको अन्य खोप भने बैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने तथा मिर्गौलाले काम नगरी डायलासिस गर्नुपर्ने र गरेका व्यक्ति, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्वूद रोगका विरामी लगायतका व्यक्तिलाई प्राथमिकताका साथ दोस्रो मात्रा पनि पुग्ने गरी लगाइने छ ।

आज र भोली बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म लगाइने उक्त खोप लगाउनका लागि कोभिसिल्डको पहिलो मात्रा लगाएको कार्ड र आफ्नो उमेर खुल्ने परिचय पत्रसहित नजिकको खोप केन्द्रमा गएर लगाउन अनुरोध गरिएको छ ।

यी हुन् काठमाडौंका खोपकेन्द्रहरु
काठमाडौं महानगरपालिकाले भोलीदेखि लगाइने उक्त खोप काठमाडौंका ३२ वटै वडा र विभिन्न अस्पतालबाट लगाउन सकिने जानकार दिएको छ ।

महानगरका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा सोमबार र मंगलवार (२५ र २६ गते) बिहान १० बजेदेखि ५ बजेसम्म ६५ वर्ष वा सो भन्दा माथि उमेर समुहका लागि उक्त खोप लगाइने छ । महानगरले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएको खोप कार्ड र आफ्नो उमेर खुल्ने परिचयपत्रसहित खोप लगाउन जान समेत अनुरोध गरेको छ ।

थप खोपकेन्द्र
त्यसैगरी राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, शसस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगन्ज, निजामति कर्मचारी अस्पताल बानेश्वर र प्रसुति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल थापाथलीमा पुगेर पनि लगाउन सकिने महानगरद्धारा जारी सूचनामा जनाइएको छ ।

भोलीदेखि १४ लाखलाई दोस्रो मात्राको खोप लगाइने, विदेश जाने नागरिकले पनि लगाउन पाउने

वि.सं.२०७८ साउन २५ सोमवार ०८:५० मा प्रकाशित

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...