back
CTIZAN AD

कामपाद्वारा सम्पर्कमा नआउने ठूला करदाताको सेवा बन्द गरिँदै

वि.सं.२०७८ साउन २६ मंगलवार

630 

shares

२६ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ ।

विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६ गते कामपाले पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो ।

यसपछि केही सम्पर्कमा आए । आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन् भने केहीले विवरण पेश मात्र गरेका छन् । कतिपयले विवरण पेश गर्ने समय माग गरेका छन् भने कतिपय अझै सम्पर्कमा नआएका बताइएको छ ।

सूचना प्रकाशन गरिएकामध्ये केही अझै सम्पर्कमा आएका छैनन् । कामपा राजश्व विभाग प्रमुख डा शिवराज अधिकारीले भने, “सार्वजनिक सूचना जारी गरिएको छ । लिखित/मौखिक सूचनामार्फत पनि जानकारी दिइएको छ ।

तोकिएको समय सकिने बेला कार्यस्थलमा गएर ‘माइकिङ’ गरिएको छ । अटेर गर्नेलाई कानूनी कारबाही चलाउनुबाहेक विकल्प छैन । अनुरोध र सूचनाको अटेर गर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजश्व असुली गर्ने हो । ”

सम्पर्कमा आएकामध्ये चार व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा हालसम्म रु एक करोड ५३ लाख राजश्व बुझाएका छन् । यसरी दाखिला गर्नेमा सबैभन्दा बढी युनाइटेड विल्डर्स एण्ड इञ्जीनियरिङ (वल्र्ड ट्रेड सेन्टर)को रु एक करोड छ ।

यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले आगामी १२ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजश्व विभागमा निवेदन समेत दिएका छन् ।

यसैगरी कामपा – १४ मा अवस्थित नेशनल हस्पिटलले रु २४ लाख र सोही वडाको शहीद मेमोरियल हस्पिटलले रु १९ लाख २० हजार दाखिला गरेका छन् । नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लबले रु १० लाख बुझाएर गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ ।

धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन् । विवरण दिएपछि कानूनीरूपमा करको दायरामा आउनुपर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन नमानेको बताइएको छ । विगत २८ वर्षदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने लक्ष्य लिएको छ ।

विभागका अनुसार समयमा नै कर तिरेन भने प्रत्येक वर्ष १० प्रतिशतका दरले जरिवानास्वरुप रकम वृद्धि हुँदै जान्छ । विभागले दुई वर्षदेखि कारोनाका कारण करदातामा समस्या परेको जनाउँदै जरिवाना करमा छुट दिएको छ ।

यसो गर्दा पनि करदाता सम्पर्कमा नआएपछि कामपाले पटक–पटक ताकेता थालेको हो । करदाताकै सहजताका लागि कामपाले गत असोज १ गतेदेखि अनलाइन प्राणलीमार्फत राजश्व सङ्कलन गरिरहेको छ । हाल कामपामा अनलाइनमा १६० करदाता जोडिएका छन् ।

५२ करतादाको नाम सार्वजनिक

कामपाले लामो समयदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम पछिल्लो पटक सार्वजनिक गरेको छ । यस्ता करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने र सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियामा जाने तयारी गरिएको जनाइएको छ ।

सार्वजानिक गरिएकामा रवीन्द्रबहादुर मल्ल, दिव्यशम्सेर जबरा, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ (हाल ले हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि, ओम सान इन्टरनेशनल कलेज (हेल्पिङ ह्यान्ड्स), गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौँ जेसिस, खाद्य संस्थान, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि, राजेन्द्रकुमार कांवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध महल, सिद्धार्थ वनस्थली स्कूल, जनमैत्री अस्पताल छन् ।

त्यसैगरी ब्याट्री कारखाना, होटल मस्र्याङ्दी, ह्वाइट फिल स्कूल, प्रदीप रत्न ताम्राकार, उदयरत्न ताम्राकार, विजयरत्न ताम्राकार, आदर्श नगर बिजनेश प्रालि, वसुन्धरा तुलाधर, रञ्जना ट्रेड सेन्टर, केशा प्रोपर्टिज प्रालि, वैशाली होटल प्रालि, नेपाल स्काउट, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, प्रवीणबहादुर केसी, मैतीदेवी प्लाजा, भरत गिरी (युनिभर्सल स्कूल), गगनवीर सिंह कंसाकार, केएल टावर, एपोलो प्रालि, सिटी सेन्टर, अजयराज सुमार्गी पराजुली, शिशु अर्याल (अल इन मार्ट), वरुण वेभरेज प्रालि, रिद्धिसिद्धि डेभलपर्स छ । यसरी नाम सार्वजनिक गरिएका करदातामध्ये सबैभन्दा धेरै वडा नं १, ७, २७, २८ र ३० का छन् ।

वि.सं.२०७८ साउन २६ मंगलवार ११:३६ मा प्रकाशित

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...