back
CTIZAN AD

अन्तिम टि-२० मा अष्ट्रेलिया ६० रनले पराजित, शाकिब अल हसनको घातक बलिङ्ग

वि.सं.२०७८ साउन २६ मंगलवार

744 

shares

२६ साउन, काठमाडौँ । अष्ट्रेलिया र बंग्लादेश बिचको पाँचौ तथा अन्तिम टि-२० मा अष्ट्रेलिया ६० रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको बंग्लादेशले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो । बंग्लादेशका लागि मोहम्मद नाइमले सर्वाधिक २३ रन बनाएका थिए भने अष्ट्रेलियाका लागि बलिङ्गमा नाथन एलिस र डैनियल क्रिश्चियनले सर्वाधिक २/२ विकेट लिएका थिए ।

१२२ रनको सामान्य लक्ष्य पछाएको अष्ट्रेलियाले पुरै २० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । अष्ट्रेलियाको टिम १३.४ ओभरमा ६२ रन बनाएर अलआउट हुन पुगेको थियो । अष्ट्रेलियाका लागि म्याथ्यू वेड र बेन म्याकडरमोटले मात्र दोहोरो अकंमा रन जोडेका थिए । म्याथ्यू वेड २२ रन बनाएर आउट भएका थिए भने बेन म्याकडरमोट १७ रन बनाएर आउट भएका थिए । बंग्लादेशका लागि बलिङ्गमा भने शाकिब अल हसनले सर्वाधिक ४ विकेट लिएका थिए ।

जितसँगै बंग्लादेशले अष्ट्रेलिया विरुद्धको ५ खेलको टि-२० श्रृखलमा ४-१ ले आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार ११:२२ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...