२७ साउन, काठमाडौं । स्रोत नखुलेको ९१ लाख बढि रकम सहित ४ जना पक्राउ परेको छ ।
काठमाडौं महानगरपालिका–१३ ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाल लगायत ४ जनालाई स्रोत नखुलेको नगद ९१ लाख ९६ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त स्रोत नखुलेको रकम फेला पारेको हो ।
उनीहरुलाई काठमाडौंको गडवहालस्थित तरुणको तनुज ईन्टरनेशनल प्रालिबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्दीकरण अनुसन्धान बिभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ साउन २७ बुधवार १५:१३ मा प्रकाशित






























