back
CTIZAN AD

पदबहाली पछि कुलमानले भने – निकै ठूलो चुनौती स्वीकारेर आएँ

वि.सं.२०७८ साउन २७ बुधवार

666 

shares

साउन २७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफुँ निकै ठुलो चुनौतीलाई स्वीकार गरेर दोस्रो पटक नियुक्ति लिएको बताएका छन् । पदबहाली पछि बुधबार प्राधिकरणमा आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु, यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ’,उनले भने, ‘यो चुनौतीभन्दा अरु केही हुनेछैन।’

सबैले सहयोग गरेमात्रै सफल हुनसक्ने उनको भनाई छ । ‘मेरो व्यक्तिगत जीवनमा यो भन्दा ठूलो चुनौति केही होइन’, उनले थपे, ‘यो चुनौति म एक्लैले सामना गर्न सक्ने होइन । हामी सबै मिलेर गर्ने हो ।’

उनले सरकारले दिएको जिम्मेवारीलाई अपेक्षाकृत हिसाबले पुरा गर्ने पनि प्रतिबद्धता जनाए । उनले भने, ‘सरकारले दिएको जिम्मेवारी दिएको र मन्त्रीज्यूले दिएको निर्देशनअनुसार ऊर्जा क्षेत्रलाई हाइटमा लैजाने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’

घिसिङ्ग गत वर्षको भदौ अन्तिममा प्राधिकरणबाट ४ वर्षे कार्यकाल सकेर बिदा भएका थिए । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले दोस्रो पटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

वि.सं.२०७८ साउन २७ बुधवार १५:०८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...