२७ साउन, काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नयाँ टि-२० वरियता सार्वजनीक गरेको छ ।
आईसीसीले सार्वजनीक गरेको नयाँ टी–२० वरियतामा नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दिप लामिछानेले ६ स्थान सुधार गरेको छ । यस अघि टि-२० वरियताको बलिङ्ग तर्फ ८३ औँ स्थानमा रहेको सन्दिप ६ स्थान स्थान माथि उक्लिदैँ ७७ औं मा आएका छन ।
ब्याटिङ्ग तर्फ भने नेपालबाट कुशल भुर्तेल ६० औँ स्थानमा यथावत रहेका छन । त्यसैगरी राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल पनि ३ स्थान माथि उक्लिएका छन । यस अघि ९७ औँ स्थानमा रहेका मल्ल ९४ औँ स्थानमा उक्लिएका हुन ।
वि.सं.२०७८ साउन २७ बुधवार १६:५५ मा प्रकाशित





























