back
CTIZAN AD

एक दशक अघि निर्माण थालिएको पुल अझै अलपत्र

वि.सं.२०७८ साउन २७ बुधवार

708 

shares

२७ साउन, गोदावरी । एक दशक अघि निर्माण थालिएको पुल अझै अलपत्र अवस्थामा छ ।

कैलालीको भजनी नगरपालिका–५ र ३ वडाको सीमा भएर बग्ने कान्द्रा नदीमा निर्माण थालिएको पुल एक दशकदेखि अलपत्र छ । पुल नबन्दा स्थानीयवासी जोखिम मोलेरै डुङ्गाबाट नदी तर्दै आएका छन् ।

भजनी नगरपालिका, स्वास्थ्य चौकीलगायत स्थानमा आउजाउ गर्न डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नु परेको भजनी–५ लालबोझीका रतनराज रेग्मीले बताए । सो नदीमा एक दशकअघि निर्माण थालिएको पुल अलपत्र हुँदा बर्खायाममा नदीमा अत्यधिक बाढी आएका बखत आवतजावत नै बन्द हुने जानकारी दिँदै उनले भने, “बाढीका कारण डुङ्गा नचल्दा बिरामी र सुत्केरीलाई अस्पताल लैजान समस्या हुने गरेको छ ।”

बर्खायामका तीन महिना बालबालिका, महिला र वृद्धवृद्धालाई नदी तर्न समस्या हुने गरेको छ । डुङ्गाको यात्रा जोखिमपूर्ण हुने भएकाले काम विशेषले नगरपालिकालगायत अन्य स्थानमा जाँदा बेलुकी घर नपुगेसम्म घरपरिवार चिन्तित हुने गरेका उक्त नगरपालिका–५ का डम्मर जैसीले बताए ।

डुङ्गामा सो नदी तर्दा एकपटकको रु १० र मोटरसाइकलसहित भए रु ३० शुल्क तोकिएको छ । हुलाकी राजमार्गअन्तर्गत भजनी–५ र ३ ठेकी जोड्ने उक्त नदीमा पुल निर्माणका लागि २०६८ साल जेठ ३१ मा निर्माण कम्पनी लामा–शाल्पा–शेर्पा–विरुवा जेभीसँग सम्झौता भएको थियो ।

तेस्रोपटक थपिएको अवधि सकिँदा पनि निर्माण कम्पनीले पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सम्पन्न गरेको जनाइएको छ ।
सय मिटर लामो र सात दशमलव दुई मिटर चौडो सो पुलको लागत रु चार करोड ४३ लाख रहेको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार १६:५९ मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...