back
CTIZAN AD

पछिल्लो २४ घण्टामा कोरोनाबाट देशैभरी ३ हजार ४८१ संक्रमित, ३० जनाको मृत्यु

वि.सं.२०७८ साउन २७ बुधवार

627 

shares

२७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ४८१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पिसीआर र ५ हजार ७४९ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १६ हजार ६५६ नमुना परीक्षणमा ३ हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौंमा ६६३, ललितपुर १९२, भक्तपुर १०९ गरी उपत्यकामा ९६४ जना नयाँ संक्रमित थपिएका छन् ।

मंगलवारको तुलनामा बुधवार संक्रमित हुनेको संख्या केही घटेको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १८८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ ।

त्यस्तै आज देशैभरी थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३४ हजार ८१३ जना होम आइसोलेशनमा र ३ हजार २२० जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७९६ जना र भेन्टिलेटरमा १८४ जनाको उपचार भइरहेको छ ।

त्यस्तै बुधवार देशैभरी १ लाख ९५ हजार २११ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४० लाख ८३ हजार ९९८ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ९५ हजार ३९१ पुगेको छ ।

 

वि.सं.२०७८ साउन २७ बुधवार १७:०० मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...