back
CTIZAN AD

बेलायत जस्तो देशमा मानव अधिकार हनन गरिएको भन्दै एनआरएनएको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७८ साउन २९ शुक्रवार

621 

shares

२९ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बेलायतजस्तो देशमा आमरण अनशन बसेका भूपु गोर्खामाथि दमन गरिएको भन्दै एनआरएनएले आपत्ति जनाएको छ ।

एनआरएनएका उपाध्यक्ष तथा बैदेशिक रोजगार एवं वेलफेयर अफ एनआरएन डिपार्टमेन्टका प्रमुख रहेका डा. बद्री केसीले एक भिडियोमार्फत् अनशन बसिरहेका भूपू गोर्खामाथि बेलायत सरकारबाट गरिएको दमनप्रति एनआरएनएको गम्भीर ध्यानाकर्षण भएको भन्दै भूपु गोर्खाहरुको आन्दोलनमा आफुहरुको ऐक्यबद्धता जनाएका छन् ।

‘नेपालीहरु दुईसय वर्ष अगाडिदेखि ब्रिटिश सेनामा कार्यरत रहेका छन् । ब्रिटिश साम्राज्यवादलाई संसारभर बढाउनका लागि नेपाली सेना र गोर्खाहरुको अह्म भूमिका छ,’ डा. केसीले भनेका छन्, ‘हाम्रो गोर्खाजहरुको बहादुरीले उनीहरुको रगतले ब्रिटिश साम्राज्य संसारभर फैलिएको हो । ती गोर्खालीहरुले समान अधिकार, समान पेन्सन लगायतका लागि उनीहरु लडिरहेका छन् । त्यसमा गैरआवासीय नेपाली संघको ऐक्यबद्दता छ । ’

डा. केसीले आमरण अनशन बसिरहेका गोर्खाजहरुलाई ब्रिटिश प्रहरीले अनशनस्थलबाट लखट्ने तथा टेन्ट हटाउने जस्ता कार्य गरेकोमा आपत्ति जनाउँदै यसले मानब अधिकारको हनन भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

‘युके जस्तो देशमा जहाँ मानव अधिकारको सम्मान गरिन्छ, त्यसमा पनि गोर्खाजहरुले सम्मान पाउनुपर्ने ठाउँमा मानव अधिकारको हनन भएको छ, त्यसमा गैरआवासीय नेपाली संघ घोरभत्र्सना गर्दछ ।’

डा. केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा कुरा राखेको र नेपाल तथा व्रिटिश सरकारलाई गोर्खाजहरुमाथिको दमन बन्द गर्न समेत आग्रह गरेका छन् ।

गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन

वि.सं.२०७८ साउन २९ शुक्रवार ०७:४९ मा प्रकाशित

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...