back
CTIZAN AD

पूर्वगोर्खा सैनिकको आन्दोलनमा नेता नारायणकाजीको ऐक्यबद्धता, वार्ताको पहल गर्न आग्रह

वि.सं.२०७८ साउन २९ शुक्रवार

705 

shares

२९ साउन, काठमाडौं । बेलायतमा भइरहेको भूतपूर्व गोर्खाहरुको आन्दोलन तथा आमरण अनशनप्रति नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले ऐक्यबद्धता जनाएका छन् ।

नेता श्रेष्ठले यो विषय बेलायती सेनामा कार्यरत नेपालीहरुको ब्यक्तिगत सरोकारको बिषय मात्र नभएर नेपालको स्वाभिमानको बिषय पनि रहेको भन्दै नेपाल सरकारले नै बेलायत सरकारसँग वार्ता गरेर नेपाली भएकै कारणले अपमानित भएका र ठगिएका “बृटिश गोर्खा सैनिक’ को जायज माग पूरा गर्न शिघ्र पहल गर्नुपर्ने बताएका छन् ।

नेता श्रेष्ठले भनेका छन्–बेलायती सेनामा कार्यरत रहेका वा सेवा गरेका नेपालीहरुलाई नेपाली भएकै कारणले गरिएको भेदभाव र शोषणका बिरुद्ध ‘गोर्खा सैनिक’ हरुले लामो समयदेखि संघर्ष गर्दै आइरहेका छन् र केही उपलब्धि पनि हाँसिल गरेका छन् । तर अझै पनि पूर्ण सफल भैसकेको छैन । त्यसैले संघर्ष जारी राख्ने क्रममा केही दिनदेखि लण्डनमा अनसन बसिरहेका छन् । त्यसप्रति जोडदार ऐक्यबद्धता प्रकट गर्दछु ।

यो बेलायती सेनामा कार्यरत नेपालीहरुको ब्यक्तिगत सरोकारको बिषय मात्र नभएर नेपालको स्वाभिमानको बिषय पनि हो । त्यसैले यसबारेमा नेपाल सरकारले नै बेलायत सरकारसँग वार्ता गर्नुपर्छ र नेपाली भएकै कारणले अपमानित भएका र ठगिएका “बृटिश गोर्खा सैनिक“ को जायज माग पुरा गर्न शिघ्र पहल गर्नु पर्दछ ।’

समान अधिकार र पेन्सनको माग राखि १७ दिन बेलायती प्रधानमन्त्री निवास नजिक धर्ना कार्यक्रम गरेका उनीहरुको माग सुनुवाई नभएपछि गत शनिवारदेखि आमरण अनशन बसेका छन् ।

 

बेलायत जस्तो देशमा मानव अधिकार हनन गरिएको भन्दै एनआरएनएको गम्भीर ध्यानाकर्षण

गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन

वि.सं.२०७८ साउन २९ शुक्रवार ०८:१४ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...