back

पूर्वगोर्खा सैनिकको आन्दोलनमा नेता नारायणकाजीको ऐक्यबद्धता, वार्ताको पहल गर्न आग्रह

वि.सं.२०७८ साउन २९ शुक्रवार

150 

shares
NTC AD
Global IME AD

२९ साउन, काठमाडौं । बेलायतमा भइरहेको भूतपूर्व गोर्खाहरुको आन्दोलन तथा आमरण अनशनप्रति नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले ऐक्यबद्धता जनाएका छन् ।

नेता श्रेष्ठले यो विषय बेलायती सेनामा कार्यरत नेपालीहरुको ब्यक्तिगत सरोकारको बिषय मात्र नभएर नेपालको स्वाभिमानको बिषय पनि रहेको भन्दै नेपाल सरकारले नै बेलायत सरकारसँग वार्ता गरेर नेपाली भएकै कारणले अपमानित भएका र ठगिएका “बृटिश गोर्खा सैनिक’ को जायज माग पूरा गर्न शिघ्र पहल गर्नुपर्ने बताएका छन् ।

नेता श्रेष्ठले भनेका छन्–बेलायती सेनामा कार्यरत रहेका वा सेवा गरेका नेपालीहरुलाई नेपाली भएकै कारणले गरिएको भेदभाव र शोषणका बिरुद्ध ‘गोर्खा सैनिक’ हरुले लामो समयदेखि संघर्ष गर्दै आइरहेका छन् र केही उपलब्धि पनि हाँसिल गरेका छन् । तर अझै पनि पूर्ण सफल भैसकेको छैन । त्यसैले संघर्ष जारी राख्ने क्रममा केही दिनदेखि लण्डनमा अनसन बसिरहेका छन् । त्यसप्रति जोडदार ऐक्यबद्धता प्रकट गर्दछु ।

यो बेलायती सेनामा कार्यरत नेपालीहरुको ब्यक्तिगत सरोकारको बिषय मात्र नभएर नेपालको स्वाभिमानको बिषय पनि हो । त्यसैले यसबारेमा नेपाल सरकारले नै बेलायत सरकारसँग वार्ता गर्नुपर्छ र नेपाली भएकै कारणले अपमानित भएका र ठगिएका “बृटिश गोर्खा सैनिक“ को जायज माग पुरा गर्न शिघ्र पहल गर्नु पर्दछ ।’

समान अधिकार र पेन्सनको माग राखि १७ दिन बेलायती प्रधानमन्त्री निवास नजिक धर्ना कार्यक्रम गरेका उनीहरुको माग सुनुवाई नभएपछि गत शनिवारदेखि आमरण अनशन बसेका छन् ।

 

बेलायत जस्तो देशमा मानव अधिकार हनन गरिएको भन्दै एनआरएनएको गम्भीर ध्यानाकर्षण

गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन

वि.सं.२०७८ साउन २९ शुक्रवार ०८:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लगानी सम्मेलनमा एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

लगानी सम्मेलनमा एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौँ । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका...

अध्यक्ष अग्रवाल भन्छन्-लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन

अध्यक्ष अग्रवाल भन्छन्-लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी...

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

काठमाडौँ । आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट...

दलहरुबीच सजिलोपनकै लागि सत्तासाझेदारी सरकार गठन गर्न नहुने नेता साउदको भनाई

दलहरुबीच सजिलोपनकै लागि सत्तासाझेदारी सरकार गठन गर्न नहुने नेता साउदको भनाई

वीरगञ्ज (पर्सा) । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन...

लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन

लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट...