back
CTIZAN AD

जिपि कोईराला फाउन्डेशन अमेरिकाको कार्यालयमा नेपाल पत्रकार महासंघका अध्यक्षको स्वागत

वि.सं.२०७८ साउन २८ बिहीवार

555 

shares

११ अगष्ट २०२१, न्युयोर्क अमेरीका । गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले  नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेललाई स्वागत कार्यक्रम गरेको छ । उडसाईड न्युयोर्कमा रहेको फाउण्डेसनको कार्यालयमा अध्यक्ष पोखरेलको स्वागत गरिएको हाे ।

सो अवसरमा फाउण्डेसनका पदाधिकारी एवम् विभिन्न पत्रकार महानुभावहरूवीच भेटघाट एवं समसामयिक विषयहरूमा विशेष छलफल भएको थियो ।

गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरेले अध्यक्ष पोख्रेललाई खादा पहिराई कार्यालयमा स्वागत गरेका थिए । सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्य प्रेम अधिकारी क्षेत्री,वरिष्ठ पत्रकारद्वय दिवाकर वागचन्द एवं किरण मरहठ्ठा तथा युवा नेता राजु रौनियार एवं महिला नेतृ सविता सिंह सिलुवालको उपस्थिति रहेको थियो ।

सो अवसरमा वोल्दै पत्रकार महासंघका अध्यक्ष पोख्रेलले आफु स्व। गिरिजाप्रसाद कोईरालाजस्तो युगपुरुषको नाममा स्थापित फाउन्डेशनको कार्यालयमा आई यस्का समाजसेवा र गतिविधिवारे साक्षात्कार हुन् पाउँदा अत्यन्त हर्षित भएको बताए । उनले नेपालमा रहँदा पनी फाउन्डेशनले गरेको जुम अन्तरक्रिया÷मिटिंगको माध्यमवाट कोरोना कहरको समयमा वृहत छलफल गरेको र यस फाउन्डेशनले गरेका मानवीय कृयाकलापहरूद्वारा अत्यन्त प्रभावित भएको बताए । आफु नेपाल अमेरीका पत्रकारहरुको छाता संस्था (नेजा) को अधिवेशनमा प्रमुख अतिथि बनी अमेरीका आएको बताउँदै उनले सो अधिवे़शन सफलतापूर्वक सम्पन्न गरीसकेको र विभिन्न पत्रकारहरूलाई अमेरिकाको विभिन्न ठाउँमा पुगी भेटन पाउँदा खुशी लागेको बताए। उनले हाल कोरोनाका कारण नेपालमा पत्रकारिता जगतमा परेको संकटवारेपनी समीक्षा गरे । नेपालीमुलका अमेरीकी नागरिकलाई नेपाली नागरिकताको निरंन्तरताको विषय जायज भएको र यस्तो आवाज फाउन्डेशनजस्तो संस्थाको नेतृत्वमा नेपाल सरकार समक्ष पुर्याउन जोड दिए ।

यसै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले उनलाई कार्यालयमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै पत्रकार महासंघका अध्यक्षलाई नेपालमा पत्रकारका समस्या, कोरोनाको पत्रकारितामा प्रभाव, खोप लगायत विषयमा आपसी सहयोग गर्न हातेमालो गर्दै अगाडी बढने प्रतिवद्वता व्यक्त गरे ।

उपाध्यक्ष सुवर्ण लामाले फाउन्डेशन सदा निस्पक्ष पत्रकारिताको वकालत गर्ने साझा संस्था भएकोले पत्रकार महासंघको सो भूमीका रहनेमा विश्वास व्यक्त गरे । प्रवक्ता रामचन्द्र अधिकारीले अमेरीका रहेपनी आफुहरुले निरन्तर नेपाल नियाली रहेको तर पत्रकारहरूले यदाकदा आफ्नो पेशागत धर्म र मर्यादा वाहिर गई गलत समाचारलाई प्रश्रय दिँदा समस्त महासंघकै ईज्जत गएको जस्ता गम्भीर विषयप्रती महासंघको ध्यानाकर्षण गराएका थिए । उनले आगामी दिनहरूमा महासंघले आफ्नो छवी उच्च वनाई राज्यको चौथो अंग भनीने पत्रकारजगत समग्र मुलुकको आँखा वनिदिन अपिल गरे । यसै फाउण्डेशनका कार्यसमिती सदस्य प्रेम अधिकारी क्षेत्रीले अध्यक्ष पोख्रेललाई कार्यकालको शुभकामना दिए  ।

न्युयोर्कमा रही निरन्तर पत्रकारीतामा खटिइरहेका पत्रकारद्वय किरण मरहठ्ठा र दिवाकर वागचन्दले आफुहरू सदा निष्ठाको पत्रकारितामा लागेको भन्दै वर्तमान पत्रकार महासंघसँग यस्का अध्यक्ष विपुल पोख्रेलको प्रतिष्ठा जोडीएको हुँदा उनको कार्यकाल स्वर्णिम वन्न सकोस् भनी सुभेक्षा एवं शुभकामना प्रकट गरेका थिए।

वि.सं.२०७८ साउन २८ बिहीवार २१:२६ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...