back
CTIZAN AD

एम्बुलेन्स चालकले नै पाएनन् कोरोना विरुद्धको खोप

वि.सं.२०७८ साउन २९ शुक्रवार

705 

shares

२९ साउन, झापा । कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पुर्याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् ।

बजरङ्ग मेडिकलको मे१च १०५० नम्बरको एम्बुलेन्सका चालक चेतन राईले बिर्तामोड र शनिश्चरे क्षेत्रका २८ चालकले खोप लगाउन नपाएको बताए ।
“कोरोनाका बिरामीसमेत बोकेर हिँड्नुपरेको छ, हामीलाई खोपको व्यवस्था मिलाइदिनुपर्यो भनेर बिर्तामोडका नगरप्रमुखलाई भनेका थियौँ”, उनले भने, “उहाँले हाम्रा कुरा सुन्नुभयो र व्यवस्था मिलाउँला भन्ने आश्वासन दिनुभयो ।”

बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीबाट आश्वासन पाए तापनि अहिलेसम्म खोप लगाउन नपाउँदा दुःख लागेको राईले बताए । राजनीतिक दलका नेता र मजदुर युनियनका नेताहरुसँग समेत खोपको व्यवस्था गरिदिन हारगुहार गरिएको उनले सुनाए ।

बिर्तामोड पूर्वी नेपालको स्वास्थ्योपचार केन्द्रको थलो बन्दै गएको छ । यहाँ बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको २५ शय्याको सरकारी अस्पतालदेखि ९०० शय्याको प्रस्तावित मेडिकल कलेज बिएण्डसी अस्पतालसमेत रहेको छ ।

बिर्तामोडका अस्पताल परिसरमा बिरामी कुरेर एम्बुलेन्स चालक बस्ने गरेका छन् । बिर्तामोडको बिएण्डसी र बिर्तासिटी अस्पतालमा कोभिड उपचार केन्द्र सञ्चालित छ । यहाँबाट बिरामी पूर्वी पहाडका जिल्ला, विराटनगर, धरान र भद्रपुर ओहोरदोहोर गर्दै आएका छन् ।

“राज्यले एम्बुलेन्स चालकलाई कोभिडविरुद्ध अभियानको फ्रन्टलाइनर घोषणा गरेको छ”, खोप लगाउन नपाएका चालक राईले भने, “हाम्रा पनि घरमा बालबच्चा र परिवार छन् । कोरोनाका बिरामीसमेत बोक्नुपर्ने अवस्था छ । खोप लगाउन पाए ढुक्क हुन सकिने थियो ।”

वि.सं.२०७८ साउन २९ शुक्रवार १७:२९ मा प्रकाशित

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...