back
CTIZAN AD

गण्डकी प्रदेशमा आज ९ कोरोना संक्रमितको मृत्यु, ४७४ जना संक्रमित

वि.सं.२०७८ साउन २९ शुक्रवार

597 

shares

२९ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शुक्रवार थप ९ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीका ४, तनहुँका २, नवलपरासीपूर्वका २ र गोरखाका १ गरी ९ जनाको मृत्यु भएको हो ।

शुक्रवार थपिएका ९ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार १७० पुगेको छ ।

त्यस्तै प्रदेशमा शुक्रवार म्याग्दीमा १७, पर्बतमा ३, गोरखामा ५४, लमजुङमा १८, तनहुँमा १७, कास्कीमा १८८, वाग्लुङमा ५१, स्याङजामा ६१ र नवलपरासीपूर्वमा ६५ जना गरी ४७४ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २३८ जना महिला र २३६ जना पुरुष रहेका छन् ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार शु्क्रवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीमा १८८ जना रहेका छन् ।

बिहीवार थपिएका ४७४ जनासँगै प्रदेशमा हालसम्म ७४ हजार ९८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६७ हजार ५१६ जना निको भइसकेका छन् । शुक्रवार ६०९ जना संक्रमणबाट मुक्त भएका हुन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ६ हजार ३०३ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ६ हजार १३ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयको विवरणमा उल्लेख छ ।

May be an image of text

गण्डकी प्रदेशमा कास्कीका थप ७ कोरोना संक्रमितको मृत्यु, ६५४ संक्रमित

 

वि.सं.२०७८ साउन २९ शुक्रवार १७:२८ मा प्रकाशित

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...