२८ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा बिहीवार थप ७जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुने सबै कास्कीका रहेका छन् । बिहीवार थपिएका ७ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार १६१ पुगेको छ ।
त्यस्तै प्रदेशमा बिहीवार म्याग्दीमा १२, पर्बतमा २२, गोरखामा ३९, लमजुङमा ६, तनहुँमा १०२, कास्कीमा २५५, वाग्लुङमा ९७, स्याङजामा ५८ र नवलपरासीपूर्वमा ६३ जना गरी ६५४ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये ३२४ जना महिला र ३३० जना पुरुष रहेका छन् ।
निर्देशनालयद्धारा जारी विवरण अनुसार बिहीवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीमा २५५ जना र तनहुँमा १०२ जना रहेका छन् ।
बुधवार थपिएका ६५४ जनासँगै प्रदेशमा हालसम्म ७४ हजार ५१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६६ हजार ९०७ जना निको भइसकेका छन् । बिहीवार ३३२ जना संक्रमणबाट मुक्त भएका हुन् ।
निर्देशनालयका अनुसार प्रदेशमा हाल ६ हजार ४४७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ६ हजार २२१ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयको विवरणमा उल्लेख छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार १७:१७ मा प्रकाशित






























