२८ साउन, रौतहट । हत्यामा संलग्न फरार अभियुक्त पक्राउ परेको छ ।
पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त देवाही गोनाही नगरपालिका–७ का सोनफी पासवान भन्ने सोनफी हजरालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
२०६८ असार २३ गते गौर नगरपालिका–८ मा उपेन्द्र दास बैरागी भन्ने उपेन्द्र यादवलाई गोली हानी हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका–५ स्थित सडकमा हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
वि.सं.२०७८ साउन २८ बिहीवार १७:११ मा प्रकाशित






























