back
CTIZAN AD

कोभिड संक्रमितको उपचारका लागि अस्पतालहरुलाई सूचिकृत गर्न गृहको निर्देशन

वि.सं.२०७८ साउन २९ शुक्रवार

792 

shares

२९ साउन, काठमाडौँ । गृह मन्त्रालयले बढ्दो कोरोना संक्रमण फैलिएसँगै आवश्यकताका आधारमा कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल तथा मेडिकल कलेजहरु सूचीकृत तथा सुपरिवेक्षण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गरेको छ ।

गृह मन्त्रालयले बिहीबार बसेको सचिवस्तरीय बैठकको निर्णय भन्दै सूचीकृत अस्पतालहरुको विवरण स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पठाउनुपर्ने साथै सूचीकृत अस्पतालहरुको नियमित सुपरीवेक्षण अनुगमन गर्न निर्देशन दिएको हो।

विश्वभरी फैलिएको कोभिड १९ को संक्रमण नेपालमा पनि फैलिरहेको, हाल संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको हुँदा अस्पतालमा उपलब्ध बेडहरु भरिँदै गइरहेको अवस्था रहेको र तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै अस्पतालहरु सूचीकृत गर्नुपर्ने आवश्यकता देखिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रलाई बोधार्थ गरीएको उक्त सूचनामा बैठकले गरेका ५ निर्णयहरु उल्लेख गरिएको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १७:२० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...