३१ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्षत्रयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तबरले स्वदेश फर्काउन माग गरेका छन् ।
संयुक्त वक्तव्य जारी गर्दै अध्यक्षत्रय पशुपती शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तबरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
वक्तव्यमा ब्रिटिश गोर्खाका पूर्व सैनिकहरुको जारी संघर्षप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुको माग पुरा गराउन सशक्त कुटनीतिक प्रयास गर्न नेपाल सरकारको ध्यानाकर्षणसमेत समेत गरिएको छ ।
त्यस्तै ब्रिटिश गोर्खाका पूर्व सैनिकहरुले उठाउँदै आएका जायज मागहरुप्रति राप्रपाले विगतमा पनि समर्थन गर्दै आएको जनाउँदै हाल जारी संघर्षप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग आग्रहसमेत गरिएको छ ।
वि.सं.२०७८ साउन ३१ आइतवार १४:१३ मा प्रकाशित































