३१ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा देश फर्काउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
अफगानिस्तानमा तालिवानी विद्रोहीहरुको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको र यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा बारे राप्रपा चिन्तित रहेको विज्ञप्तिमा जनाइएको छ ।
राप्रका अध्यक्षत्रय कमल थापा, पशुपति समशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले आइतवार एक विज्ञप्ति जारी गर्दै सुरक्ष्क्षित तरिकाले नेपाल फर्काउन माग गरेको हो ।
यसैवीच राप्रपाले ब्रिटिश सेनाका भूतपूर्व गोर्खा सैनिकहरुले उठाउँदै आएको जायज मागप्रति समर्थन जनाउँदै आएको र हाल जारी संघर्षप्रति पनि ऐक्यबद्धता जाहेर गरेको जनाएको छ ।
‘विगतमा पनि ब्रिटिश सेनाका भूतपूर्व सैनिकहरुले उठाउँदै आएका जायज मागप्रति राप्रपाले समर्थन गर्दै आएको सर्वविदितै छ । यसै पुष्ठभूमिमा ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरुको हाल जारी संघर्षप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुका माग पूरा गर्न बेलायती .सरकारसँग राप्रपा आग्रह गर्दछ । साथै, ति मागहरु पूरा गर्न गराउन सशक्त कूटनीतिक प्रयासको निम्ति राप्रपा नेपाल सरकारको ध्यान आकर्षित गर्दछ ।’

वि.सं.२०७८ साउन ३१ आइतवार १४:४७ मा प्रकाशित






























