back
CTIZAN AD

माधवलाई २० प्रतिशत पनि पुर्‍याउन नदिने खेल, ओलीले आयोगमा पठाए २६० केन्द्रीय सदस्यको सूची

वि.सं.२०७८ भदौ १ मंगलवार

621 

shares

भदौ १, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । एमालेका नेताहरु अग्नि खरेल, बाबुराम दाहाललगायतले निर्वाचन आयोग पुगेर अद्यावधिकका लागि निवेदन दिएका हुन् ।

आयोगमा एमालेले केन्द्रीय सदस्यहरुको संख्या २६० रहने गरि निर्णय पठाएको छ । २०७५ जेठ २ अघि २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा केहि थप गरेर एमालेले आयोग पठाएको हो ।

एमालेले माओवादीसँग एकता गर्दा आफ्नो तर्फबाट २६५ सदस्य बनाएको थियो । तर, निर्वाचन आयोगमा भने एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको मात्रै विवरण छ ।

२०३ मध्ये पनि केहिको मृत्यु र केही राजनीतिक नियुक्तिमा गएको भन्दै एमालेले विवरण अद्यावधिक गर्न पठाएको हो ।

सरकारले मंगलबार मात्रै दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत मात्रै भए विभाजन गर्न पाउने गरि अध्यादेश ल्याएको छ । एमालेले अद्यावधिकका लागि निवेदन दिएसँगै अब माधव पक्षले भने दल विभाजन गर्न ५२ केन्द्रीय सदस्यको समर्थन देखाउनु पर्नेछ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १६:०२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...