१ भदौँ, काठमाडौँ । सनराइज बैंकले एकैसाथ ३ शाखारहित बैकिङ्ग सेवा बिस्तार गरेको छ ।
बैंकले लुम्बिनी प्रदेश, बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं.०३ नौबस्तामा ८५ औं, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ०९, चेतनगर विर्तामा ८६ औं र प्रदेश २, सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नं. ५ लडकन्हामा ८७ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।
शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराइने बताइएको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८७ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।
सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ ।
वि.सं.२०७८ भदौ १ मंगलवार १५:५३ मा प्रकाशित


























