back
CTIZAN AD

चाड पर्व नजिकिएसँगै निषेधाज्ञामा थप कडाइ

वि.सं.२०७८ भदौ १ मंगलवार

555 

shares

१ भदौ, डोटी । चाड पर्व नजिकिएसँग निषेधाज्ञामा थप कडाइ गरिएको छ ।

जिल्लामा स्थानीय पर्व तथा चाड नजिकिएको र कोरोना जोखिम बढ्न सक्ने जनाउँदै स्थानीय प्रशासनले निषेधाज्ञामा थप कडाइ गरेको हो । जिल्लामा अब एक महिनासम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाअनुसार आज मध्यरातबाट लागू हुने निषेधाज्ञा यही भदौ ३१ गते राति १२ बजेसम्म लागू हुने भनिएको छ । यसैगरी बजार–पसल बिहान ५ देखि बेलुकी ५ बजेसम्म मात्रै खुल्ने भएका छन् । यसैगरी होटेल तथा रेस्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।

स्थानीय मेला, महोत्सव, पार्टी, भोजलगायत भीडभाड हुने गतिविधिमा भने पूर्ण रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनले भने, “जिल्लामा स्थानीय चाडबाड नजिकिएका र कामका लागि भारत गएका नागरिकहरु पनि फर्किने समय भएकाले बढी भीडभाड हुँदा कोरोना जोखिम बढ्न सक्ने भएकाले हामीले निषेधाज्ञामा केही कडाइ गरेका छौँ, नियमको सबैले पालना गर्नु जरुरी छ ।”

यसैगरी कोरोना सङ्क्रमणको खतरा हुने तथा भीड लाग्ने शपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल तथा पुस्तकालय भने खोल्न रोक लगाइएको छ ।

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा जारी निषेधाज्ञा आज १३औँ पटक थप भएको हो । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सवारी साधन भने सञ्चालन गर्न अनुमति दिइएको छ । विवाहमा १० जनाभन्दा कम जन्ती लिई जान सकिने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी जारी परीक्षा सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

यसअघिसम्म बजार–पसल साँझ ८ बजेसम्म सञ्चालन गर्न दिइएको भने पनि अब उक्त समय घटाइएको छ । जिल्लामा कोभिड–१९ सङ्क्रमण दर घटेको तथ्याङ्कमा देखिए पनि स्थानीय चाडबाड आएकाले सङ्क्रमणको खतरा बढ्नेतर्फ सजगता अपनाउँदै निषेधाज्ञामा केही कडाइ गरिएको निमित्त प्रजिअ जोशीले जानकारी दिए । कोरोनाबाट हालसम्म जिल्लामा ११ को मृत्यु भएको छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १६:०८ मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...