२ भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मंगलबार थप १० जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा तनहुँका २, कास्कीका २, स्याङजाका २ पर्वत, लमजुङ, बागलुङ र नवलपरासीपूर्वका १/१ गरी १० जना रहेका छन् ।
बुधवार थपिएका १० जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार २१६ पुगेको छ ।
त्यस्तै प्रदेशमा मंगलवार म्याग्दीमा २३, पर्बतमा १६, गोरखामा ३६, लमजुङमा १, तनहुँमा २६, कास्कीमा १४४, वाग्लुङमा ११८, स्याङजामा ४० र नवलपरासीपूर्वमा ५२ जना गरी ४५६ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २२३ जना महिला र २३३ जना पुरुष रहेका छन् ।
निर्देशनालयद्धारा जारी विवरण अनुसार बुधवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीमा १४४ जना रहेका छन् ।
मंगलवार थपिएका ४५६ जनासँगै प्रदेशमा हालसम्म ७७ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७० हजार २३३ जना निको भइसकेका छन् । बुधवार ५७३ जना संक्रमणबाट मुक्त भएका हुन् ।
निर्देशनालयका अनुसार प्रदेशमा हाल ५,८९४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ५६११ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहको छ ।
वि.सं.२०७८ भदौ २ बुधवार १७:४० मा प्रकाशित






























