back
CTIZAN AD

टि-२० विश्वकपका लागि अष्ट्रेलियाको टिमको घोषणा, यी १५ खेलाडीले पाए मौका

वि.सं.२०७८ भदौ ३ बिहीवार

789 

shares

३ भदौँ, काठमाडौँ । टि-२० विश्वकपका लागि अष्ट्रेलियन क्रिकेट र्बोडले आफ्नो खेलाडीहरुको चयन गरेको छ । अष्ट्रेलियन क्रिकेट र्बोडले ट्वीटरबाट ट्वीट गर्दै एरण फिंचको कप्तानीमा १५ खेलोडीहरुको नाम सार्वजनिक गरेको हो ।

बंग्लादेश र वेस्टइंडिज विरुद्धको टि-२० श्रृखला गुमाएका डेविड वार्नर, ग्लेन म्याक्सवेल, स्टिवन स्मिथ, एरण फिंच, मार्कस स्टोइनिस, केन रिचार्डनसन, एडम जाम्पा, प्याट कमिन्स जिस्ता दिग्गज खेलाडीहरु टि-२० विश्वकपको टिममा फर्केका छन । त्यसैगरी अष्ट्रेलियन क्रिकेट र्बोडले विस्फोटक ओपनिङ्ग ब्याट्सम्यान जोश इंग्लिस र स्पिनर मिचल स्वीपसनलाई पनि टिममा समावेश गरेको छ ।

युएईमा हुने टि-२० विश्वकप अक्टुबर १७ बाट सुरु हुनेछ । अष्ट्रेलियाले भने आफ्नो पहिलो खेल अक्टुबर २३ मा दक्षिण अफ्रिका विरुद्ध खेल्ने छ ।

टि-२० विश्वकपका लागि अष्ट्रेलियाको टिम :
एरण फिन्च (कप्तान), प्याट कमिन्स (उपकप्तान), एश्टन अगर, जोश हेजलवुड, जोश इंग्लिस, मिचल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टीव स्मिथ, मिशेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेविड वार्नर, एडम जाम्पा, मिचल स्वीपसन ।

वि.सं.२०७८ भदौ ३ बिहीवार १०:३५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...