४ भदौ, काठमाडौं । सरकारले आजदेखि १८ वर्ष उमेर पुगेका विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार १८ वर्ष माथिका प्लस टु अध्ययनरत र विश्वविद्यायलतहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थी तथा ४० वर्ष वा सो भन्दा माथि उमेरका सबै नागरिकलाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको हो ।
मन्त्रालयद्धारा जारी सूचना अनुसार आजदेखि लगाइने पहिलो मात्राको भेरोसेल खोप उपत्यकाको हकमा शसस्त्र प्रहरी अस्पताल वलम्बु, बिरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल रत्नपार्क, निजामति कर्मचारी अस्पताल, बानेश्वर, थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल र काठमाण्डौं महानगरपालिकाका ३२ वटै वडाहरु र आवस्यकता अनुसार पालिकाले तोकेका थप केन्द्रमा पुगेर लगाउन सकिन्छ ।
त्यस्तै अन्य नगरपालिकाको हकमा सोहि पालिकाले तोकेको खोप केन्द्रमा पुगेर लगाउन सकिने पनि सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ भदौ ४ शुक्रवार ०९:१० मा प्रकाशित






























