back
CTIZAN AD

सभामुखको कार्यकक्ष घेराउ गर्न पुगे एमाले सांसद, १४ सांसदलाई तत्कालै पदमुक्त गर्न माग

वि.सं.२०७८ भदौ ४ शुक्रवार

687 

shares

भदौ ४, काठमाडौं । नेकपा (एमाले)का सांसदहरु पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाको च्याम्बर घेराउ गर्न पुगेका छन् । शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरु दबाब बढाउने उद्देश्यले घेरा उगर्न पुगेका हुन् ।

शुक्रबार कार्यालय समय शुरु हुनासाथ उनीहरु कार्यकक्षमा पुगेका थिए । माधव नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही अघि बढाउने उद्देश्यले गएको एमाले सांसद खगराज अधिकारीले जानकारी दिए ।

सभामुखको च्याम्बरमा अधिकारीसहित एमाले सचेतक शान्ता चौधरी, गोकुल बास्कोटा,कृष्णभक्त पोखरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित,विमला विश्वकर्मा,गोमा देवकोटा,सूर्य पाठक लगायत छन् ।

यसअघि बिहीबार पनि एमाले सांसदहरु सभामुख सापकोटालाई दबाब दिने उद्देश्यले भेट्न पुगेका थिए । उनीहरुले सभामुखमाथि धम्कीपूर्णं रुपमा तत्कालै निष्कासनको सूचना टाँस गर्न आग्रह गरेका थिए ।

नयाँ दल दर्ताको तयारी गरेको माधवकुमार नेपाल नेतृत्वको समूहका १४ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत भदौ १४ मा सांसद पदबाट पनि हटाउने निर्णय गर्दै संसद सचिवालयलाई पत्र पठाएका थिए । तर, माधव पक्षले भने उक्त कारबाही अवैधानिक भन्दै अघि नबढाउन आग्रह गर्दै आएको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १२:२३ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...