back
CTIZAN AD

४० वर्ष माथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै

वि.सं.२०७८ भदौ ४ शुक्रवार

576 

shares

४ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ ।

आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो ।

यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई पनि यसपटक खोप केन्द्रका रुपमा विस्तार गरिएको छ । खोप कार्यक्रम बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म रहने छ ।

अहिले थप गरिएका केन्द्रबाट यसअघि महानगरपालिकाले अग्रपङ्क्तिमा खटिने व्यक्तिका लागि मात्र खोप लागाउने व्यवस्था गरेको थियो । तोकिएका लक्षित समूहले महानगरभित्र खोप आज, शनिबार र आगामी मङ्गलबार तीन दिन लगाउन सकिने महानगरपालिकाको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

खोप लगगाउन जाँदा आफ्नो उमेर र परिचय खुल्ने कागजातसहित नजिकको खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूरा गरेर खोप लगाउन आग्रह गरिएको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १२:३२ मा प्रकाशित

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...