४ भदौँ, काठमाडौँ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) ले आज (शुक्रवार) देखि लगानीकर्ताले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफै रिसेट गर्न सक्ने फिचर थप गरेको छ । सिडिएससिले मेरो शेयरको वेबसाइटमा उक्त फिचर थप गरेको हो ।
फिचर थप गरेसँगै लगानीकर्ताले अब आँफै पासवर्ड परिवर्तन गर्न सक्ने छन् । लगानीकर्ताले मेरो शेयरको पासवर्ड बिर्सिएमा फरगेट पासवर्डमा गएर किल्क गर्न सक्ने छन् । फरगेट पासवर्डमा किल्क गरेसँगै लगानीकर्ताले आफ्नो निक्षेप सदस्य, युजर नेम, इमेल आइडी र जन्ममिति राखेर सेन्ड बटनमा क्लिक गर्नु पर्नेछ । त्यसपछि परिवर्तित पासवर्ड सिडिएससिकाे सिस्टमले आफैँ नै इमेलमा पठाउने छ । इमेलमा आएको पासवर्ड प्रयोग गरी मेरो शेयर पुन चलाउन सकिनेछ ।
यस अघि पासवर्ड बिर्सिएको खण्डमा सिडीएसले १०० पटक कोसिश गर्न सक्ने विकल्प दिएको थियो ।
वि.सं.२०७८ भदौ ४ शुक्रवार १२:५४ मा प्रकाशित






























