back
CTIZAN AD

२ घण्टा कुर्दा पनि सभामुख नआएपछि…

वि.सं.२०७८ भदौ ४ शुक्रवार

651 

shares

भदौ ४, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा नआएपछि नेकपा (एमाले)का सांसदहरु धर्ना स्थगित गरेर फर्किएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्ना दिन पुगेका सांसदहरु झण्डै २ घण्टा पर्खिएर फर्केका हुन् ।

एमालेकी सचेतक शान्ता चौधरीले सभामुखले नआउने बताएपछि धर्ना स्थगित गरेर बाहिरिएको बताइन् । सभामुखले आफुँहरुको मागलाई फेस नै गर्न नसक्ने अवस्था देखिएको उनको टिप्पणी छ ।

‘उहाँ हामीलाई फेस गर्न सक्नुहुन्न भन्ने लाग्यो, उहाँ भागेको हो भन्ने हाम्रो बुझाई छ’, सभामुख कक्षबाट बाहिरिएकी उनले भनेकी छिन्, ‘हामीले दुई घण्टा कुरेर बस्यौं तर, उहाँले आउन सक्दिन भन्नुभयो, उहाँले ध्यानाकर्षण भयो केहि दिनमै टुंगो लाग्छ भन्नुभएको छ, हेरौं के हुन्छ ।’

शुक्रबार कार्यालय समय शुरु हुनासाथ सचेतक चौधरीसहित एमालेका सांसदहरु धर्ना दिन सभामुखको कार्यकक्षमा पुगेका थिए । माधव नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही अघि बढाउन उनीहरुको माग छ ।

यसअघि बिहीबार पनि प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वमा एमालेका सांसदहरु कारबाहीलाई अघि बढाउन भन्दै सभामुखलाई भेट्न पुगेका थिए । बिहीबार सभामुख र एमालेका सांसदहरुबीच चर्काचर्की पनि भएको थियो ।

एमालेका सांसदहरुले १४ सांसदमाथिको कारबाही प्रक्रिया अघि नबढाए बल प्रयोग गर्ने बताएपछि सभामुख जंगीएका थिए ।

सम्बन्धित समाचार

सभामुखको कार्यकक्ष घेराउ गर्न पुगे एमाले सांसद, १४ सांसदलाई तत्कालै पदमुक्त गर्न माग

वि.सं.२०७८ भदौ ४ शुक्रवार १३:०५ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...