back
CTIZAN AD

सिँचाइ सुविधाबाट लाभान्वित बन्दै रुकुमका किसान

वि.सं.२०७८ भदौ ४ शुक्रवार

651 

shares

४ भदौ, रुकुम । रुकुम (पूर्व) मा विस्तारै सिँचाइ सुविधाको पहुँच बढ्दै जान थालेको छ ।

आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो सिँचाइ सुविधाबाट लाभान्वित भएका छन् । केही समयअघिसम्म जिल्लामा सिँचाइका आयोजना थिएनन् । जिल्लामा कूल क्षेत्रफलको २० हजार २६५ हेक्टर खेतीयोग्य छ ।

ती मध्ये आठ हजार हेक्टरमा सुविधा पुगेको छ । बाँकी खेतीयोग्य जमिनमा भने सिँचाइ सुविधा पुर्याउने प्रयास भइरहेको जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालयका प्रमुख योगेन्द्र महतोले जानकारी दिए । कार्यालय र विभिन्न सङ्घसंस्थाका सहयोगमा जिल्लाको आठ हजार हेक्टर जमिनमा सिँचाइको सुविधा पुगेको उनले जानकारी दिए ।

एक सय ६२ हेक्टर क्षेत्रफलमा भने मर्मत गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०७५÷७६ बाट आव २०७८÷७९ सम्ममा ६८७ हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य राखेको छ । उनका अनुसार अहिलेसम्म जिल्लाको छिपखोला, इपीघारी, दादिङ, महत, कोर्जा, खाराबाङ र कोलमा सिँचाइको सुविधा पुर्याइएको छ ।

कार्यालयबाट सञ्चालित आयोजनाबाट मात्रै जिल्लाका ८०० घरधुरी सिँचाइ सुविधाबाट लाभान्वित भएका छन् । अन्य सङ्घसंस्थाबाट सञ्चालित आयोजनाबाट लाभान्वित घरधुरीको विवरण भने नभएको उनको भनाइ छ ।

कार्यालयले भने ती ठाउँमा लिफ्ट, पोखरी बनाएर र नहर बनाएर सिँचाइको व्यवस्था गरेको छ । यस्तै कार्यालयले कूल खेतीयोग्य जमिनको १९ हजार १७५ हेक्टरमा सिँचाइको सुविधा पुर्याउने लक्ष्य राखेको छ । विस्तृत आयोजना प्रतिवेदन तयार गरेर क्रमागत बजेटमार्फत सिँचाइ सुविधाको व्यवस्था गरिने जनाइएको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १३:३० मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...