back
CTIZAN AD

माधव समूहले पार्टीको नामबाट हटायो ‘एमाले’

वि.सं.२०७८ भदौ ४ शुक्रवार

633 

shares

भदौ ४, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको समूहले दर्ता गरेको पार्टीको नाम फेरिने भएको छ । नाम जुधाएर दर्ता गर्न निर्वाचन आयोगले नमानेपछि माधव समूहले नाम फेरेको हो ।

माधव पक्षीय नेतृ निरादेवी जैरुका अनुसार आयोगको सुझाबपछि पार्टीको नामबाट ‘एमाले’ हटाइएको छ । उनका अनुसार अब पार्टीको नाम नेकपा (समाजवादी) मात्रै रहनेछ ।

‘नाम जुध्यो भन्ने आयो’, जैरुले संसार न्यूजलाई भनेकी छिन्, ‘हामीले नाम सच्याएर पठाएका छौं, अब नेकपा (समाजवादी)मात्रै हुन्छ ।’

यसअघि माधव समूहले नेकपा एमाले (समाजवादी) नामबाट दल दर्ताको निवेदन दिएसँगै नेकपा (एमाले)ले पनि आयोगलाई नाम जुधाएर दल दर्ता नगर्न भनेको थियो । एमालेका नेताहरु आयोगमै पुगेर नाम, झण्डा र चुनाव चिन्ह जुधाएर दल दर्ता नगर्न भनेका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ६( १) (ङ) र ९ अनुसार पनि राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह फरक–फरक हुनुपर्ने व्यवस्था छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १३:५४ मा प्रकाशित

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...