back
CTIZAN AD

अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता

वि.सं.२०७८ भदौ ४ शुक्रवार

1K 

shares

४ भदौ, मस्को । अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उनीहरुबीच बिहीबार फोन वार्ता भएको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोलाई टेलिफोन गरेका बताइएको छ । सो वार्ताका क्रममा अफगानिस्तानमा विकसित पछिल्लो परिस्थितिका विषयमा आवश्यक कुराकानी भएको रुसी राष्ट्रपतिको सचिवालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।

रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि दुई देशले कसरी मिलेर काम गर्ने भन्ने बारेमा छलफल भएको छ ।

उनीहरुबीचमा अफगानिस्तानमा त्यहाँका सर्वसाधारण नागरिकको सुरक्षाको अवस्थालाई कसरी सुरक्षित गर्ने भन्ने बारेमा कुराकानी भएको बताइएको छ ।

पछिल्ला दिनमा अफगानिस्तानमा विदेशी दाता राष्ट्र तथा संस्थाहरुले पनि देश छोडिरहेका र त्यहाँका नागरिकहरु असुरक्षा र अभावमा परेको भन्दै यसका लागि मिलेर काम गर्ने विषयमा सहमति भएको बताइएको छ ।

त्यसैगरी बिहीबार नै रुसी राष्ट्रपति पुटिनले इटालीका प्रधानमन्त्रीसँग पनि फोनमा परामर्श गरेका छन् । उनले त्यस अवसरमा आगामी दिनमा अफगानिस्तानका नागरिकका लागि मिलेर अघि बढ्ने सहमति भएको बताइएको छ । यसअघि बुधबार मात्र पनि चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीका बीचमा पनि अफगान मुद्दामा छलफल भएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको सङ्क्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्ने बताएका थिए । बुधबार चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साहमोहमद कुरेसीबीच फोन वार्ता भएको थियो ।

त्यस फोन वार्ताका क्रममा विदेशमन्त्री यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने छ भनेका थिए । गएको आइतबार काबुललाई तालिबानीले कब्जामा लिएका छन् । उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् ।

काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकुले गस्ती गरिरहेका देखिएको छ भने आफ्ना देश फर्किन चाहने विदेशीले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तब्यस्त भएको बताइएको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १३:४३ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...