back
CTIZAN AD

मेगा म्युचुअल फण्ड–१ को इकाई बिक्री खुला

वि.सं.२०७८ भदौ ४ शुक्रवार

624 

shares

४ भदौँ, काठमाडौँ । मेगा क्यापिटल मार्केट्स लिमिटेडको व्यवस्थापनमा पहिलो म्युचुल फण्ड निष्काशन भएको छ । क्यापिटलले मेगा म्युचुअल फण्ड १ आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । कुल इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई काेष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न गरेकाे हाे ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा छिटोमा भदौ १० गतेदेखि ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले उक्त फण्डको इकाईमा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्ससँगै धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सकिनेछ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १३:५६ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...