back
CTIZAN AD

के अष्टलक्ष्मी शाक्य ओली पक्षमा गएकी हुन् ?

वि.सं.२०७८ भदौ ४ शुक्रवार

624 

shares

भदौ ४, काठमाडौं । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्नुभन्दा अघिल्लो दिनसम्म पनि माधवकुमार नेपाल पक्षका कार्यक्रमहरुमा सहभागि भईरहेका थिइन् । माधव पक्षले एमालेबाट अलग भई नयाँ पार्टी दर्ताको तयारी गर्दैगर्दा बुधबार अनौठो गरि शाक्य एमाले प्रदेश संसदीय दलको नेतामा निर्वाचित हुँदै मुख्यमन्त्री बनेकी थिइन् ।

डोरमणि पौडेलको अप्रत्यासित राजीनामा र अष्टलक्ष्मीको इन्ट्रीप्रति एमाले र समग्र राजनीतिक वृत्तमा ठूलो तरंग देखिएको छ । अष्टलक्ष्मीको इन्ट्रीप्रति विशेषतः ओली पक्षका नेताहरु उत्साहित पनि देखिएका छन् । ओली पक्षीय नेताहरुले उनलाई शुभकामना र बधाई पनि दिएका थिए ।

तर, ओली पक्षले शुभकामना र बधाई दिए पनि शाक्य ओलीको योजनामा नभई माधव पक्षकै योजनामा मुख्यमन्त्री बनेको खुलेको छ । माधव पक्षीय नेतृ निरादेवी जैरीका अनुसार माधवसँगकै सल्लाह र छलफलपश्चात नै शाक्य मुख्यमन्त्री बन्न गएकी थिइन् ।

उनले बताएअनुसार शाक्य ओली नेतृत्वको एमालेमा नभई माधव नेतृत्वको पार्टीमा प्रवेशसमेत गर्दैछिन् । ‘ओलीले मात्रै राजनीति जान्नुभएको छैन्, अष्टलक्ष्मी जी हाम्रो योजनामा मुख्यमन्त्री बन्नुभएको हो’, जैरीले भनेकी छिन्, ‘माधव जहाँ हुनुहुन्छ उहाँ पनि त्यहिँ आउनुहुन्छ, रह्यो मुख्यमन्त्री ओली पक्षले सहयोग नगरे पनि उहाँ बन्नुहुन्छ ।’

गठबन्धनसँगको छलफलपछि मुख्यमन्त्री

शाक्य मुख्यमन्त्री बन्ने विषयमा सत्तारुढ गठबन्धनभित्र छलफल भएको बुझिएको छ । माधवले शाक्यलाई मुख्यमन्त्री बनाउने योजना अगाडि सार्दै गर्दा सम्भावित अवस्थाका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।

गठबन्धनभित्र बागमति र प्रदेश १ को विषयमा छलफल भएको थियो । बागमतिमा माधव पक्षलाई सघाउने गठबन्धनको निर्णय थियो ।

यस्तो छ बागमतिको अंकगणित

११० सदस्यीय प्रदेशसभामा हाल नेकपा (एमाले)सँग एकल बहुमत अर्थात् ५६ सांसद छन् । जसमध्ये माधव पक्षसँग पछिल्लो अवस्थासम्म २२ सांसद खुल्दै आएका थिए ।

यदि ओली पक्षले साथ नदिए अष्टलक्ष्मी तत्कालै अल्पमतमा पर्छिन् तर, केन्द्रको सत्ता साझेदार कांग्रेस र माओवादी मात्रैले सघाए पनि उनको पक्षमा स्पष्ट बहुमत हुनेछ ।

हाल बागमतिमा माओवादी केन्द्रसँग २३ र नेपाली कांग्रेससँग २२ सांसद छन् । यदि दुवै दलको समर्थन पाएमा अष्टलक्ष्मीको पक्षमा ६७ सांसदको मत हुनेछ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १६:२४ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...