४ भदौँ, काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ ९फिफा० ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।
फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १०० औँ स्थानमा थियो । एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औँ स्थानमा रहेको छ भने दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ५७ औँ स्थानमा छ ।
विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो स्थानमा छ । त्यसैगरी जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ, ब्राजिल सातौँ, इङ्गल्यान्ड आठौँ, उत्तर कोरिया नवौँ र स्पेन १० औैँ स्थानमा रहेको छ ।
वि.सं.२०७८ भदौ ४ शुक्रवार १६:२५ मा प्रकाशित


























