back
CTIZAN AD

सार्वजनिक सवारीले मनपरी भाडा असुलेको गुनासो

वि.सं.२०७८ भदौ ४ शुक्रवार

636 

shares

४ भदौ, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटदेखि आसपास क्षेत्रका गाउँसम्म सञ्चालन हुँदै आएका सार्वजनिक सवारीले मनपरी भाडा लिने गरेको छ ।

सिमकोटदेखि खार्पुसम्म जम्मा ११ किलोमिटर दूरीमा यहाँका जीप तथा बोलेरो जीप चालकले रु ५०० सम्म भाडा लिन थालेको स्थानीयवासी कुम्मेर हमालले गुनासो गरे ।

लकडाउनअघि रु ३५० भाडा लिएको ठाउँमा अहिले रु ५०० सम्म लिन थालेका छन् । तोकेको भाडा नदिए चालकले लैजान नमान्ने गरेको हमालको गुनासो छ ।

सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालले नछोएको भए पनि सिमकोटदेखि अन्तरपालिकासम्म सञ्चालन हुँदै आएका छोटो दूरीका यातायातले मनपरीरुपमा यात्रुबाट भाडा लिन थालेका छन् ।

व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिने गरेको यात्रुले बताएका छन् । “मनपरी भाडा असुल्नेलाई कसैले कारबाही गर्दैन, जसलाई जति मन लाग्यो, त्यति भाडा असुल्दा भएकै छ”, हमालले भने ।

गाडी चालकले कोरोना सङ्क्रमणबाट बच्ने कुनै उपाय प्रयोग गरेको देखिँदैन, सिटभन्दा बढी यात्रु बोकेर हिँड्ने गरेका कारण कोरोना फैलिने डर निकै बढेको छ । जीप चालकले यात्रुबाट बढी भाडा लिने गरेका विषयमा अनुगमनसमेत नभएको पाइन्छ ।

सदरमुकाम सिमकोट मात्रै ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको भए पनि सदरमुकाम बाहिर सम्बन्धित निकायबाट अनुगमन नहुनुले यात्रुलाई थप समस्या निम्त्याएको छ । भाडा बढी लिएका विषयमा सम्बन्धित सरोकारवाला निकायले कुनै चासो नराखेको हमालले गुनासो गरे ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १६:२६ मा प्रकाशित

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...