back
CTIZAN AD

१५० भन्दा बढी कैदीबन्दी छाला रोगबाट पिडित

वि.सं.२०७८ भदौ ४ शुक्रवार

633 

shares

४ भदौ, कञ्चनपुर । कञ्चनपुर कारागारका कैदीबन्दीलाई छालासम्बन्धी रोगले सताउन थालेको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा अधिकांशमा दाद र लुतो लगायतको रोग देखा परेको हो ।

त्यस्ता रोगी कैदीबन्दीको सङ्ख्या १५० बढी रहेको जेलर मायाकुमारी थापा बस्नेतले जानकारी दिइन् । क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यक्तिगत सरसफाइ गर्न नपाउँदा रोग फैलिएको हुनसक्ने उनले बताइन् ।

“खानेपानी थाप्न, नुहाउन र शौचालय जानका लागि कैदीबन्दीले लाइनमा बस्नुपर्ने अवस्था छ”, उनले भनिन्, “सहजरुपमा कैदीबन्दीले व्यक्तिगत सरसफाइ गर्न पाउँदैनन् । साबनु र ओढ्ने बिछ्याउने कपडासमेत साटासाट हुन्छ ।

सबै जनालाई एकै ठाउँमा राखिँदा छालासम्बन्धी रोगको सङ्क्रमण बढेको छ ।” कैदीबन्दीको सङ्ख्या उच्च हुँदा कारागारमा खुट्टा राख्ने ठाउँसमेत छैन ।

सुत्ने ठाउँका अभावमा धेरैले पालो पर्खनुपर्ने अवस्था छ । एकै ठाउँमा धेरै जना कैदीबन्दी सुत्ने भएकाले एकबाट अर्को गर्दै धेरै जनामा छालसम्बन्धी रोग सरेको उनीहरुको भनाइ छ ।

कारागार शाखामा एक स्वास्थ्यकर्मीसमेत कार्यरत छन् । प्राथमिक उपचार गर्ने व्यवस्था मात्रै कारागारमा छ । धेरैमा छालासम्बन्धी रोग देखिएपछि कैदीबन्दीले कारागारमै स्वास्थ्य शिविरको आयोजना गरी उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

कारागारमा ७५ पुरुष र २० महिलालाई राख्ने क्षमता छ । हाल कारागारमा ४०६ पुरुष र २५ महिलालाई राखिएको छ ।
रासस

वि.सं.२०७८ भदौ ४ शुक्रवार १६:०५ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...