back
CTIZAN AD

अष्ट्रेलियाको सिड्नीमा लकडाउनको अवधि फेरि थप

वि.सं.२०७८ भदौ ४ शुक्रवार

699 

shares

४ भदौँ, काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ ।

देशको न्यू साउथ वेल्स प्रदेश सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो ।

देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस प्रदेशमा महमारीको प्रभाव पनि धेरै परेकाले सतर्कता पनि बढाइएको छ । समयावधि बढाएसँगै सिड्नी क्षेत्रमा आगामी सेप्टेम्बरको अन्त्यसम्म नै लकडाउन कायमै रहने भएको छ ।

कतिपय क्षेत्रमा राति ९ देखि बिहान ५ बजेसम्म कफ्र्यू पनि लागू गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । तर अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीहरुको अनुमति र समन्वयमा हिँड्डुल गर्न पाइने व्यवस्था गरिएको छ ।

घरबाहिर गरिने शारीरिक व्यायाम दैनिक एक घण्टा मात्रै गर्न पाइने अधिकारीहरुले जानकारी दिएका छन् । लकडाउन लागू गरिएको क्षेत्रमा घरबाट बाहिर निस्कँदा शारीरिक कसरत गर्दाबाहेक अरू बेला मास्क अनिवार्य गरिएको छ । यो व्यवस्था पनि यही अगस्त २३ देखि नै लागू हुन्छ ।

सिड्नीको बृहत् क्षेत्र र आसपासका क्षेत्रमा लागू गरिएको लकडाउन यही अगस्त २८ मा सकिन लागेको छ । तर सरकारको नयाँ निर्णयले अहिले लकडाउन अन्त्य नभएर फेरि एक महिना लम्बिने भएको छ ।

न्यू साउथ वेल्स प्रदेशभर पछिल्लो २४ घण्टामा मात्रै ६४४ जना नयाँ सङ्क्रमित थपिएका र चार जनाको मृत्यु भएको विवरण सार्वजनिक भएकै बेला लकडाउनको समयावधि थप्ने निर्णय भएको हो ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १६:०५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...