back
CTIZAN AD

एनआरएनए युरोप उपसंयोजकमा पोर्चुगलबाट भिम केसी कमलद्धारा उम्मेदवारी घोषणा

वि.सं.२०७८ भदौ ४ शुक्रवार

708 

shares

४ भदौ, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए)को यहि अक्टोबर २३ देखि २५ मा हुने केन्द्रीय निर्वाचनका लागि पोर्चुगलबाट भिम केसी कमलले युरोप उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

डेढ दशकदेखि एनआरएनए अभियानमा सक्रिय रहँदै एनआरएनए पोर्चुगलको उपाध्यक्ष, अध्यक्ष तथा सल्लाहकार रहेर काम गरिसकेका केसीले एनआरएनए युरोपको उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पोर्चुगल र युरोपमा रहेका नेपाली आप्रवासीहरुको हकहित र अधिकार स्थापित गर्न निरन्तर काम गर्दै आएका केसीले आप्रवासी सम्बधी कानुनमा सरलीकरणको पहल गर्दै पोर्चुगलका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउने तथा पोर्चुगलको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संसदीय दलसँगको प्रत्यक्ष भेटघाट र छलफलमा सहभागी भइ नेपाल एवं दक्षिण एसिया क्षेत्रकै आप्रवासीहरुको समस्या समाधानका लागि पहलकदमी समेत गरेका छन् ।

बाग्लुङको जैमिनी नगरपालिका २ मा जन्मिएर लामो समय शिक्षण पेशा तथा शिक्षा प्रशासनमा उच्च सरकारी तहमा काम गरेका केसी एनआरएनए अभियानका अलावा व्यवसायी समेत हुन् । उनले पोर्चुगलको सुन्दर टापु मदेइरामा पर्यटन, ट्रान्सपोर्ट र रेष्टुरेण्ट व्यवसाय गर्दै आएका छन् ।

May be an image of 1 person and text that says 'By Nepali for Nepali गैह आवासीय नेपाली संघ NRNA Abo Moreren Nepali युरोप उप-संयोजक (DRC) पदको उम्मेदवार Vote श्री भिम के. सी. कमल लाई अत्याधिक बहुमतले विजयी गराओं'

वि.सं.२०७८ भदौ ४ शुक्रवार १६:०२ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...