back
CTIZAN AD

कालीगण्डकी करिडोर अवरुद्ध हुँदा यात्रीलाई समस्या

वि.सं.२०७८ भदौ ५ शनिवार

738 

shares

५ भदौ, बलेवा । शुक्रबार बिहान बिरामी आमालाई उपचार गराउन कुश्मीशेराबाट धौलागिरि अस्पतालतर्फ लागेका उमाकान्त चापागाईं झण्डै पाँच घण्टा फुर्से खोलामा रोकिए ।

निरन्तर झरिरहेको पहिराका कारण सडक बन्द थियो । उनीजस्तै जिल्लाको दक्षिणबाट बिरामी बोकेर आएका सवारी साधनको लस्कर खोलावारि थियो ।
बिरामी छटपटाइरहेका देखिन्थे । निरन्तर बगिरहेका गेगरको चोट लाग्ने त्रासले हिँडेर पहिरो पार गर्न पनि कठिन थियो ।

कुश्मीशेराकै खाद्यान्न व्यवसायी अशोक आचार्य तीन दिनदेखि खाद्यान्न बोकेको पिकअप भ्यानसहित खोला छेउमै थिए । पानी र चाउचाउ खाएर उनले ती दिन बिताए । बागलुङ बजार र पोखराबाट बिरामी तथा अत्यावश्यक कामका मानिस लिएर आएका सवारी साधन अर्कोतर्फ लामबद्ध थिए ।

फुर्सेमा बुधबार राति खसेको पहिराका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको थियो । पहिरो पन्छाउने प्रयास भए पनि निरन्तर खसिरहेकाले त्यहाँ सवारी साधन सञ्चालन गर्न निकै कठिन भएको छ । बागलुङ नगरपालिका–१३स्थित पैंयुपाटाको फुर्सेमा खसेको पहिराले दक्षिण क्षेत्रका सर्वसाधारणले सास्ती खेप्दै आएका हुन् ।

“देख्दा अचम्म लाग्छ, माथि समथर ठाउँ पनि बगेर पहिरो भएको छ”, पैँयुपाटाका भवानीप्रसाद रिजालले भने, “कुन दिन के दुःखद् कुरा सुन्नुपर्ने हो, दक्षिणका मान्छेले असाध्यै दुःख पाए ।” कालीगण्डकी करिडोरको ट्रयाक खोल्ने क्रममा खोला छेउको पहाड फोड्नका लागि पड्काइएका बमका कारण जमिन कमजोर भएर निरन्तर पहिरो आएको हुनसक्ने स्थानीयवासीको गुनासो छ ।

यो वर्षको मनसुन शुरु भएयता दक्षिणका गाउँ कैयौँ पटक सडक सम्पर्कविहीन भएका छन् । थोरै वर्षा हुँदासमेत फुर्सेखोला र एक्लेसालमा आउने पहिराका कारण करिडोर अवरुद्ध हुने गरेको छ ।

“अन्तबाट सवारी साधन चलाउने विकल्प छैन, भएका सडक सधैँ यस्तै”, सवारी चालक लोकनाथ शर्माले भने, “बजार पुगे गाउँ फर्किन पाइन्छ या पाइन्न, गाउँ पुगे बजार जान पाइन्छ कि पाइँदैन भन्ने त्रास छ ।” बागलुङ कुश्मीशेरा सडक पनि ठाउँठाउँमा अवरुद्ध भएका कारण सर्वसाधारणलाई दुःख भएको उनले बताए ।

सडक डिभिजन कार्यालयले करिडोर सञ्चालनका लागि निरन्तर पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । “हामीले खबर पाउनेबित्तिकै पहिरो रोक्न स्काभेटर पठाउने गरेका छौँ”, निमित्त प्रमुख मुकुन्द लामिछानेले भने, “हेबी इक्युपमेण्ट पोखराबाट मगाएर निरन्तर पहिरो पन्छाइए पनि खस्ने काम नरोकिएकाले काम गर्नसमेत कठिन भएको छ । ”

शुक्रबार सडक डिभिजनको स्काभेटरसमेत मर्मत गर्नुपर्ने भएपछि बागलुङ नगरपालिकाले अर्को स्काभेटर लगाएर सडक खुलाएको थियो । करिडोरमा खसिरहेको पहिराका कारण नगरपालिकाको बलेवा र जैमिनी तथा बरेङ गाउँपालिकाका बासिन्दाले मनसुन अवधिभर सडकको सास्ती खेप्न बाध्य हुँदै आएका छन् ।

वि.सं.२०७८ भदौ ५ शनिवार १४:५४ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...