back
CTIZAN AD

ढोरबराह हिँडेका दर्शनार्थी बाटोमै अलपत्र

वि.सं.२०७८ भदौ ६ आइतवार

699 

shares

६ भदौ,बलेवा । ढोरबराह हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका छन् ।

भुजीखोलामा आएको बाढीले कच्ची सडकमा क्षति पुर्याएपछि जनैपूर्णिमाका लागि ढोरबराहा मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका हुन् । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित बोबाङको भुजी खोलामा आएको बाढीले बुर्तिवाङ–ढोरपाटन सडकको ठाउँ–ठाउँमा क्षति पुर्याएको छ ।

शनिबार बिहानै बुर्तिवाङ बजारबाट ढोरपाटनतर्फ लागेका दर्शनार्थीमध्ये केही पैदल त केही सवारी साधनमा थिए । कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालयले शुक्रबार नै पुनः निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

यसअघि जारी निषेधाज्ञा भदौ ५ गतेसम्म जारी रहेकामा ६ गतेदेखि अवरोध नहुने आशामा स्थानीयवासीले आज पूर्णिमाका दिन ढोरवराहमा पूजाको कार्यक्रम गर्ने योजना बनाई प्रचार प्रसारसमेत गरेका थिए । शुक्रबार नै थप निषेधाज्ञाको आदेश जारी हुनाका साथै बाढीले पनि सडक अवरुद्ध गराएकाले यस वर्ष दर्शनार्थीको कार्यक्रम बिथोलिएको हो ।

ढोरपाटनमा तीन दिनयता निरन्तरको वर्षाका कारण बोबाङको दुवाल, भुसण्डे, सुप्राङलगायत स्थानको सडकखण्ड बाढीले सडक बगाउनका साथै कतिपय स्थानमा खोला नै बगिरहेकाले पूजा गर्न जान कठिन भएको स्थानीय यात्री हेमलाल गैरेले जानकारी दिए ।

एउटा स्काभेटरले काम गरिरहे पनि आजसम्म खुलाउन सकेको छैन । अहिले पनि १५ जीप, २५ मोटरसाइकल बाटो खेलेपछि ढोरपाटन जाने पर्खाइमा छन् । ढोरपाटन शिकार आरक्ष क्षेत्रस्थित उक्त मन्दिरमा जनै पूर्णिमाका दिन ठूलो मेला लाग्दै आएको छ  ।

नगरपालिका, निसीखोला गाउँपालिका र छिमेकी जिल्ला रुकुमबाटसमेत दर्शनार्थी पूजाका लागि ढोरबराह पुग्ने गरेका थिए ।

वि.सं.२०७८ भदौ ६ आइतवार १२:४७ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...