back
CTIZAN AD

लुम्बिनीमा ओली पक्षलाई झड्का, सभामुखले दिए दुवै सांसदलाई पदमुक्त गर्न नमिल्ने जवाफ (पत्रसहित)

वि.सं.२०७८ भदौ ६ आइतवार

540 

shares

भदौ ६, काठमाडौं । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णंबहादुर घर्तीले नेकपा (एमाले)ले दुई सांसदमाथि गरेको कारबाहीलाई अमान्य ठहर गरेका छन् । आइतबार नेकपा (एमाले)लाई पत्र पठाउँदै प्रदेशसभा सचिवालयले सांसदद्वय अजय शाही र विमला खत्री वलीमाथि गरिएको कारवाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने प्रस्ट पारेको हो ।

सूर्य चिह्नबाट निर्वाचित भएका उनीहरुले राजनीतिक दलसम्बन्धी ऐन विपरीत माओवादी केन्द्रका कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्रीमा समर्थन गरेकाले प्रदेश सभा सदस्यबाट कारबाही गरिएको भन्दै एमालेले प्रदेश सभा सचिवालयलाई पत्र लेखेको थियो। तर, सभामुख घर्तीले भने एमालेले कारबाही गरेको सूचनाबारे सदनमा जानकारी दिन नसकिने निर्णय गरेका हुन्। प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको सूचनामा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम एमालेले गरेको कारबाहीको सूचनाबारे सदनलाई जानकारी दिन नसकिने निर्णय भएको जनाइएको छ।

प्रदेशसभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रुपमा समावेश गरेको भए पनि उनीहरुले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफु एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रस्ट पारेको छ ।

पत्रमा सांसद विमला वलीको हकमा एमाले र माओवादी केन्द्र दुवैले अनुसूची ७ को फारममा आफ्नो सदस्य रहेको विवरण लेखेका छन् भने अजय शाहीको हकमा भने एमालेले आफ्नो सदस्य रहेको विवरण सचिवालयमा बुझाएको थियो ।

सचिवालयले एमालेलाई पठाएको जवाफी पत्रमा अजय शाही निर्वाचनमा स्वतन्त्र समूहबाट सहभागी भएको र उनको व्यक्तिगत विवरणमा पनि स्वतन्त्र समूहको तर्फबाट प्रदेशसभा सदस्य रहेको उल्लेख भएको कारण उनलाई पदमुक्त गर्न नमिल्ने उल्लेख छ ।

No description available.

वि.सं.२०७८ भदौ ६ आइतवार १५:१३ मा प्रकाशित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

घोराही (दाङ) । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको...

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

श्रीमञ्ज्याङ (दोर्दी) । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति,...