back
CTIZAN AD

भक्तजन फर्कन थाले

वि.सं.२०७८ भदौ ६ आइतवार

693 

shares

६ भदौ, रसुवा । गोसाइँकुण्डबाट भक्तजन फर्कन थालेका छन् ।

जनैपूर्णिमाको विशेष अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कन थालेका हुन् । पवित्र गोसाइँकुण्डमा आज बिहानैदेखि भक्तजन स्नान र पूजा आराधना गरी आ–आफ्नो गन्तव्यतर्फ फर्कन थालेका हुन् ।

गोसाइँकुण्ड स्नान गरी बिहानैदेखि भक्तजन फर्कन थालिसकेका र बिहान ९ः०० बजेको समयसम्म करिब ८०० भन्दाबढी भक्तजन पूजाआजामा कुण्डमै व्यस्त रहेको सुरक्षामा खटिएका प्रहरी अधिकृतले अनुमान गरेका छन् ।

जनैपूर्णिमाका उपलक्षमा करिब दुई हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको अनुमान गरिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै लेक लागेका बिरामीको उद्धारका लागि नेपाली सेना तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि मास्क लगाउन र सामाजिक दूरी कायम गराउन सुरक्षा अङ्गले चेतना अभिवृद्वि गराउने कार्यलाई प्राथमिकता दिइरहेका छन् । गोसाइँकुण्ड गएका यात्रुमाझ बिरामीको समस्या नभेटिएको र सुरक्षामा खटिएका गस्ती प्रहरीले यात्रुको अवस्थाबारे अनुगमन गरिरहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

वि.सं.२०७८ भदौ ६ आइतवार १६:११ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...