back
CTIZAN AD

गत महिनामा चीनको कच्चा स्टील उत्पादनमा कमी

वि.सं.२०७८ भदौ ६ आइतवार

756 

shares

६ भदौ, बेइजिङ । चीनको कच्चा स्टीलउत्पादन गत महिना घटेको छ ।

राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) को तथ्याङ्कअनुसार चीनको कच्चा स्टिलको उत्पादन गत महिना घटेको पाइएको हो । “जुलाईमा देशको कच्ची स्टील उत्पादन ८६.७९ मिलियन टन रहेको छ र यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत कम हो,” विभागले आफ्नो सूचनामा भनेको छ ।

वर्षको पहिलो सात महिनामा कच्चा स्टीलको उत्पादन वर्षमा ८ प्रतिशतले वृद्धि भएर ६४८.३३ करोड टन पुगेको थियो । चीनले जुलाईमा एक करोड १० लाख टन स्टील उत्पादन गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ६.६ प्रतिशतले कमी हो ।

एनबीएसका अनुसार जनवरी–जुलाई अवधिमा स्टिलको उत्पादन ८०९.०२ करोड टन पुग्यो र यो एक वर्ष पहिलेको तुलनामा १०.५ प्रतिशतले वृद्धि हो ।
हालैका वर्षहरूमा चीनले विशेष गरी ऊर्जा खपत गर्ने स्टील उत्पादनको क्षेत्रमा लगाउँदै आएको क्षमता कम गर्न ठोस कदम चालिसकेको छ ।

चीनले यहाँको १३ औं पञ्चवर्षीय योजना अवधि (सन् २०१६–२०२०) को अवधिमा आफ्नो स्टील उत्पादनलाई निर्धारित समयभन्दा १५ करोड टनले कम गर्ने लक्ष्य लिएको थियो ।

वि.सं.२०७८ भदौ ६ आइतवार १७:२९ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...