back
CTIZAN AD

अफगानिस्तान, नेपाल अनि तालेबान

वि.सं.२०७८ भदौ ६ आइतवार

753 

shares

म कुनै विज्ञ होइन तर आजको सामाजिक सञ्जालको दुनियाँमा हामीले इतिहास भुल्दैछौं। हामीलाई अहिले तुरुन्तै सामाजिक सञ्जालमा राम्रो अक्षरमा जे आउँछ त्यही सहि हो भन्ने लाग्छ तर सहि इतिहास पढियो भने र बुझ्यो भने जे अहिले जे देखिन्छ त्यो सहि नहुन सक्छ ।

अफगानिस्तानमा अमेरिकी सेना आयो,  कारण थियो न्युयोर्क शहरका दुई जोडी भवन ध्वस्त पार्ने ओसामा बिन लादेनलाई अफगानिस्तानको तालेबान सरकारलेले शरण दिएको भन्ने । तर लादेन साउदी अरबका नागरिक थिए र तेल व्यापारी धनाढ्य थिए त्यत्ति मात्र होइन कुनै समय अमेरिकाका विश्वास पात्र साथै अमेरिकी संस्था सि.आई.ए.बाट तालिम प्राप्त थिए बिन लादेन । अमेरिकाले लादेनलाई पाकिस्तानको एक घरमा फेला पारी विशेष फौज उतारि मार्यो ।

अमेरिकालाई सधैं केही न केही निहुँमा केही ‘बिजनेस’ चाहिन्छ ताकि आफूलाई केही न केहीमा सधैं इंगेज गराई राख्न सकियोस् र त्यो ‘Business own’गर्न सकियोस् अनि सम्पूर्ण युरोप पनि आफू सँगै साथ भै रहोस् ।

साउदी अरबको नागरिक लादेन जो पाकिस्तानमा भएको सूचना पाई अमेरिकी सेनाद्वारा गोली हानी मारियो । तर त्यही लादेनलाई कारण देखाई अमेरिकाले आफ्ना सेना परिचालन गरि विना कुनै कारण अफगानिस्तानमा २० वर्ष किन राज गर्यो त ? यो हो बुझ्न र बुझाउनुपर्ने कुरा ः

साउदी अरबलाई केही हुँदैन किनकि उ अमेरिकाको अच्छा दोस्त हो । किनकि साउदी अरबको तेलमा अमेरिकालाई राज गर्नुछ अनि पाकिस्तान त अमेरिकाको सबै भन्दा बढी हतियार किन्ने साथी । अनि अफगानिस्तान बीचमा अचानो बन्नुपर्ने बिचरा ।

अहिले फेरि तालेबानले अफगानिस्तान कब्जा गरिसके, त्यो पनि नाटकीय रुपमा । अमेरिकालाई सधैं केही न केही निहुँमा केही ‘बिजनेस’ चाहिन्छ ताकि आफूलाई केही न केहीमा सधैं इंगेज गराई राख्न सकियोस् र त्यो ‘Business own’गर्न सकियोस् अनि सम्पूर्ण युरोप पनि आफू सँगै साथ भै रहोस् ।

साथै संसारका ठूला मिडिया सि.एन.एन, बीबीसी लगायतलाई पनि केही न केही मसला अर्थात् बिजनेस चाहि रहन्छ किनकि उनीहरूलाई पनि चल्नु छ । करिब डेढ वर्षदेखि कोभीडको मामलामा संसार अल्झियो, समाचारमा यही मात्र आई रह्यो । सबैलाई यसले व्यस्त बनायो तर अब यो नियन्त्रणमा आइसक्यो। जब कोभीडको कुरा सकिन थाल्यो तव एक्कासि तालेबानको इस्यु आयो । अब यही कुरा सबैको बिजनेस बन्न सुरु भै सक्यो । अमेरिका, युरोप फेरि व्यस्त हुन थाले अनि बीबीसी सि.एन.एन.लाई पनि काम फालाफाल हुन थाल्यो यस्तो लाग्छ कि अब भ्याई नभ्याई छ सबैलाई । माथि भनेजस्तै केही न केही कुरामा आफूलाई व्यस्त राख्न फेरि यो इस्यु ल्याइएको हो ।

तालेबान एक समूह हो पार्टी होइन, धर्म गुरुलाई मात्र प्रधानमन्त्री र राष्ट्रपति जस्तो मान्ने, राजनीतिक दल नहुने, निर्वाचन नगर्ने अनि इस्लामीक कानून मात्र लागू गराउने कार्य गर्ने भएपछि देश कमजोर हुन्छ, त्यहाँका समूह कमजोर हुन्छन् अनि अरू देशहरूले विश्‍वास पनि गर्दैनन् । त्यस ठाउँमा विदेशीले खेल्न सजिलो मान्छन् त्यसैको सिकार अफगानिस्तान भएको थियो र शायद फेरि हुँदैछ । अमेरिकालाई हतियार बेच्नु छ । पुराना हतियार खिया लागि सके त्यसको प्रयोग पनि गर्नुछ ।

अमेरिका अहिले एसिया केन्द्रित रणनीतिमा छ । साउथ चाइना समुद्रमा आफ्नो उपस्थितिको बढाउँदै लगेको छ । जसरी हुन्छ चीनलाई काउण्टर दिने रणनीतिमा अमेरिका छ । पछिल्लो समय एसियामा बढ्दै गएको चिन र भारतको प्रभाव र दवदवा रोक्नुछ । एसियाका देशमा प्रभाव बढाई चीनलाई एक्लो बनाउने रणनीतिमा अमेरिका रहेको छ ।अमेरिका युद्धमा छु भन्ने देखाउँछ तर आफ्नो देशबाट कहिल्यै युद्ध लड्दैन अर्को देशमा आफ्ना सेना उतारि त तेस्रो देशसँग लडाइँ गर्छ । चाहे इराकमा होस्, चाहे सिरियामा, चाहे त्यो लिबियामा, उसले यही गर्यो ।

मलाई लाग्छ कुनै न कुनै बहानामा अब अमेरिकाले नेपाल लाई साथमा लिन प्रयास गर्नेछ । एमसीसी एक कारण हुनसक्छ त्यसैले नेपालले सावधानी पूर्वक कदम चाल्नुपर्ने देखिन्छ । कमजोर माथि सबैले दबाब दिन्छन् । पछिल्लो समय नेपाल निकै कमजोर देशको रुपमा रहेको छ । दुई तिहाइ बहुमतको सरकार थेग्न सकेन देशले । यो भनेको राजनीतिक पार्टीहरू कमजोर हुनु हो, देशको प्रणाली कमजोर हुनु हो । पार्टीका महाधिवेशनहरू हुँदैनन् । साँच्चै भन्ने हो भने चरित्र र कार्यशैलीका हिसाबले नेपालका धेरै पार्टीहरू तालेबान भन्दा फरक छैनन् । यस्तो लाग्दैछ कि ढिलो या चाँडो नेपाल युद्धभूमि बन्न अफगानिस्तानको बाटोमा अघि बढिरहेको छ ।

 

 

वि.सं.२०७८ भदौ ६ आइतवार १७:२९ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...