Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

नेपाली कृषि व्यवसाय सफल गर्न इजरायल होइन, कोरियन मोडलको कुरा गरुँ



नेपालमा कृषिको कुरा चल्दा धेरैले इजरायलको उदाहरण प्रस्तुत गर्नुहुन्छ तर हजारौँ कामदार प्रत्यक्ष कृषि तथा पशुपालन उद्योगमै गएर काम गरिरहेको दक्षिण कोरियाको बारेमा कमैले कुरा गर्छन् वा कमै जानकार छन्। मलाई थाहा छैन कृषि उद्योग कस्तो र कत्रो छ इजरायलमा । किनभने त्यहाँको कृषि तथा पशुपालन क्षेत्रमा बिदेशीहरूको उपस्थिती कोरियाको भन्दा निकै कम छ भन्ने लाग्छ। त्यसैले हाम्रा नेता र वौद्विकहरू आधुनिक कृषि तथा पशुपालनमा इजरायल हैन कोरिया मोडेलको कुरा गरून भन्ने चाहाना छ।

किन कोरिया मोडेलको कुरा गर्ने ?
कोरिया यस्तो देश हो जँहा खेतवारी सबै कृषि क्षेत्रले ओगटेर जंगलहरू समेत कृषि खेतिको लागी प्रयोग हुनेक्रम बढ्दो छ र प्रत्येक बर्ष हजारौ नेपालीहरू यहाँको कृषि तथा पशुपालन क्षेत्रमा काम गरेर दक्ष बनेर नेपाल फर्किरहेका छन् । साथै कतिपय ब्यबसायमा जानकार साथीहरू कोरियाको सिप नेपालमै लगानी गरेर सफल बनीरहेका धेरै उदाहरणहरू हाम्रै आँखा अगाडी अनगिन्ती छन्। कोरियाको कृषि वा पशुपालन क्षेत्रमा आउने नेपालीहरू सम्बन्धित काममा दुई तिन महिनामै दक्ष बन्न सक्छन् ।  एउटा जेटिए, जेटीले कृषि पढेर हासिल गरेको भन्दा बढि ब्यबहारीक ज्ञान हाँसील गर्न सक्छन् । कोरियाको पशुपालन क्षेत्रमा काम गर्ने नेपालीहरू पनि २/३ महिनामै एक भेटेनरी डाक्टर भन्दा बढि दक्ष बन्न सक्छ । ब्यबहारिक ज्ञानमा र यो कुरालाई नेपाल सरकारले गम्भीरताका साथ लिने हो भने र उनिहरूको त्यो ब्यबहारिक ज्ञानलाई नेपालमै लागु गर्ने अवसर दिने हो भने नेपाल दश बर्ष हैन पाँच बर्षमै कृषि तथा पशुपालन क्षेत्रमा आत्मनिर्भर बन्न सक्छ यो म ठोकुवाका साथ भन्न सक्छु। कोरियाको ईतिहास पनि राम्रोसंग नियाल्ने हो भने भोकमरी र अभावले पिरोलिएर जो ब्यक्तिहरू बिदेश गएर काम गरेका थिए उनिहरू फर्केर नै कोरिया बनाएका थिए । उनिहरूको सिप र राष्ट्र प्रेमको राम्रो सदुपयोग तत्कालिन कोरियाको राजाले गरेका थिए। नेपालमा पनि कोरियाबाट ब्यबहारिक ज्ञान हासिल गरेर गएका थुप्रै बिषेशज्ञहरू हुनुहुन्छ नर्सरी फार्म, च्याउ, साग, गोलभेडा, खुर्सानी, तरकारीहरू, बङ्गुर, गाई, फलफुलमा सुन्तला, नास्पति, स्याउ, अंगुरलगायतका फार्महरूमा काम गरेर दक्षता प्राप्त हजारौ उर्जावान युवाहरू हुनुहुन्छ जस्को ज्ञानको सदुपयोग नेपालले गर्न सकेको छैँन । म चाहान्छु यो कुरा सरकारले तत्काल सोंचोस् नेपाललाई कृर्षि तथा पशुपालनमा आत्मनिर्भर बनाई १० बर्षमा बिदेश निर्यात गर्नेगरी कृषि तथा पशुपालन उद्योग संचालन गर्न उनिहरू पुर्ण सक्षम छन्।

साना लगानीकर्ताको अबस्था
धेरैले दैनिक भन्ने कुरा नेपालमा बजारको अभाव छैन । ढुक्कले कृषि तथा पशुपालन क्षेत्रबाट मनग्य कमाउन सकिन्छ । तर उहाँहरूमा प्रत्येक बर्ष हजारौ युवाहरू कृषि पशुपालनमा लगानी डुबाएर रित्तो हात फर्किनु परेको अबस्थाको ज्ञान नै छैँन, त्यो कुरा कि भोग्नेले बुझेको छ कि देख्नेले। युटबमा केहि सफल ब्यबसाईहरूको कथा हेरेर ल भैहाल्ने रैछ भन्ने सोंचेर बिना ज्ञान र सीप लगानी गर्नेहरूको जमात ठुलो छ त्यसरी लगानी गर्नेहरू धेरै रित्तो हात फर्केका छन् उहाँहरूलाई र नया लगानी गर्न चाहाने साथीहरूलाई मेरो सुझाव छ कृपया पैला आफूले लगानी गर्न चाहेको क्षेत्रमा काम गरेर दक्ष बन्नुहोस। ऐले नेपालमा आधुनिक फार्महरू प्रसस्तै छन् । तपाईले त्यहाँ गएर भोलेन्टिएरको रूपमा केहि समय काम गरि दक्ष भएपछि आफ्नो लगानीमा काम गर्नुभयो भने लगानी डुब्ने सम्भावना कम रहन्छ। साना लगानीकर्ताहरू पछिल्लो समयमा बिचौलीयाको चारो बनिरहेका छन् । पछिल्लो समय कृषि तथा पशुपालन क्षेत्रमा ठुला लगानीकर्ताहरूको समेत आकर्षण रहेको र ठुला लगानीकर्ताहरूले बजारको ब्यबस्थापन आफै गर्ने हुँदा साना किसानहरू प्रभावित भएका छन् । उनिहरूको उत्पादनले सहज बजार प्रवेश पाउन सकेको छैन । बजारमा सिण्डिकेट छ जसको फाइदा उठाउँदैछन् बिचौलीयाहरू र डुबाउँदैछन् साना किसानहरू। हामीले दीर्घकालीन कृषि बिकासको लक्ष लिने हो भने साना किसानको यो समस्याको समाधान गर्न तर्फ अग्रसर हुनुपर्छ र त्यो भनेको बिचौलियाको अन्त्य हो। बजारमा एकछत्र राज गरिरहेका बिचौलियाहरू सहजै पन्छाउन सकिने अबस्था छैन । तर यौटा मोडलमा हाम्रो किसानसरूलाई समेट्न सकियो भने दीर्घकालिन रूपमै साना किसानहरूको समस्या समाधान हुनेछ र बजारमा बिचौलियाको दबदबा सकिने छ जुन मोडेल सहकारी मोडेल हो।

कसरी सहकारी मोडेलबाट बिचौलियाको कब्जामा रहेको बजार नियन्त्रण गरेर साना किसानहरूलाई राम्रो लाभ दिलाउन सकिन्छ त ?
सहकार्यको अबधारणा नै सहकारी हो। अर्थात एकत्रित भएर सामुहिक रूपमा गरिने कार्य सहकार्य हो भने सहकार्यलाइ ब्यबस्थापन गर्ने माध्ययम सहकारी हो। नेपालमा च्याउ सरी पलाएका सहकारीहरू किसान ठग्ने, बैङ्कबाट सस्तो ब्याजमा लोन लिएर महँगो ब्याजमा ब्याजे लगाउने र संचालकले आम्दानी दुरुपयोग गरेर पैसा कमाउने माध्ययम बनेको छ आर्को अर्थमा बुझ्दा ऐलेका सहकारीहरू स्वयं बिचौलिया बनेका छन्,बैङ्क बाट सस्तोमा लोन लिने र त्यै लोन महंगो ब्याजमा लगाउने र कमाउ धन्दा चलाउने जुन कुरा सहकारीको सिद्धान्त बिपरित छ। यदि हामीले सहकारीलाई किसानसंग जोड्ने माध्ययम बनायौँ भने साना तथा ठुला किसानहरूको हरेक समस्याहरूको दीर्घकालीन समाधान निस्किने छ।

के हुन सक्छ समाधान ? कसरी यो मोडेल सफल बन्न सक्छ ?
किसानहरूको समूह निर्माण गरेर सहकारी खोलिनेछ । सहकारीका सदस्य किसान बाहेक बाहिरका ब्यक्ति बन्न पाउने छैनन्। यदी बाहिरका ब्याक्तिलाई सहकारीको सदस्यमा जोडियो भने किसानको नाफा उनिहरूले आर्जन गर्नेछन्। तसर्थ सहकारीको सदस्य कृषक वा कृषिसंग सम्बन्धीत ब्यबसायीहरू मात्र बन्ने प्राबधान रहनुपर्छ ।

सहकारीले देशभर कृषि पसलहरू संचालन गर्नेछ जहाँ नेपाली उत्पादन मात्र बेचिने छ । जस्ले सहकारीमा आबद्ध कृषकको कृषि उत्पादनको बजार ब्यबस्थापन गरिदिनेछ। त्यस्तो पसल एउटा बाट सुरू गरेर हजारौँ पुराउन सकिनेछ आवास्यकताको आधारमा। बजारको ब्यबस्थापन सहकारीले गरिदिने भएपछि कृषक निर्धक्क उत्पादनमा लाग्छन् र त्यो उत्पादन बर्षै पिच्छे बढ्दै जान्छ। बिचौलीयाको समस्या नहुने हुनाले उत्पादित कृषि उपजको मुल्य राम्रो प्राप्त गर्छन् किसानले र ग्राहकको भान्सामा पनि प्रचलित मुल्य भन्दा कम मुल्यमा दैनिक उपभोग्य बस्तुहरू पुर्याउन सकिन्छ।

प्रचलित बजारमुल्य भन्दा सस्तोमा कसरी बेच्न सक्छ सहकारी पसलले ?
प्रचलित बजारमा बिचौलीया मार्फत दैनिक उपभोग्य बस्तु पुग्ने हुनाले बिचौलियाले अधिक नाफा राखेकाले उपभोग्य मुल्य बढेको हो यदि सहकारी पसल संचालन भएमा किसान र सहकारीको सिधा सम्पर्क हुने भएकोले बिचौलियाले खाने रकम बचत हुन्छ त्यसरी बचत हुने रकममा केहि रकम बजार मुल्य छुट गरेर बाँकी नाफा रकम सहकारी मार्फत सेयरधनी किसानहरूलाई नै फिर्ता हुन्छ।

लगानी नभएर समस्यामा परेका किसानलाई सहकारीले सस्तो लोनको लागी सुबिधा प्रदान गर्ने हुँदा किसानहरूलाई लगानीको कुनै समस्या आउने छैँन जसले गर्दा किसानहरूले आफ्नो लगानी बार्षिक बृद्धि गर्दै जान सक्नेछन्।

कृषि सम्बन्धित आधारित उद्योगहरू जस्तै दाना उद्योग, दुध उद्योग र कृषिमा आधारित अन्य उद्योगहरू सहकारी मार्फत किसानहरूले नै प्रत्यक्ष संचालन गर्नेछन् जस्को कारण दाना कम्पनिहरूले अस्वभाविक रूपमा दानाको मुल्यमा गर्ने चलखेल बाट किसानहरू मुक्त हुनेछन् त्यसले गुणस्तरिय दानाहरू कृषकले सस्तो मुल्यमा पाउन सक्नेछन्।

पशुपंक्षी फार्महरूबाट निस्किने काँचो मललाई गुणस्तरिय मल बनाउन मल प्रसोधन केन्द्र तयार गरी त्यहाँ सहभागी किसानहरूलाई कम्पोष्टमलमा निर्भर बनाई अर्गानीक उत्पादनमा टेवा पुग्नेछ।

सहकारीमा आबद्ध किसानहरूको समस्या समाधानको लागी सहकारीले समन्वय गर्नेछ र हरेक किसानको समस्या समाधान गर्न सहयोग मिल्नेछ। सहकारिमा आबद्ध किसानहरूको बाली र पशुपंक्षीको अनिवार्य कृषि बिमा गर्न प्रेरित गरिने छ त्यसले किसानहरूमा आउन सक्ने संभावित क्षतिको पूर्ति गर्न सहयोग पुग्नेछ।

अतः हरेक दृष्टिकोणबाट नियाल्दा पनि नेपालको कृषि तथा पशुपंक्षी ब्यबसायलाई दीर्घकालीन रूपमा बिस्तार गर्दै हरेक बर्गका किसानहरूलाई समेट्दै उनिहरूको परिश्रमको उचित मुल्यको ग्यारेन्टी गर्न सहकारी मोडेलको बिकल्प देखिँदैन तसर्थ यो मोडेलको सुरूवाट नै अबको नेपालको कृषि क्रान्तिको एक दह्रिलो खम्बा बन्नेमा दुईमत छैन। बिषेशत यो मोडेल संचालन गर्नको लागी सहकार्य आवास्यक पर्ने हुँदा तल्लो तहसम्म आफ्नो संरचना भएका नेपालमा क्रियाशील पार्टीहरू काङ्ग्रेस ,एमाले, माओवादी लगायतका अन्य पार्टीहरूले यो अबधारणालाई नै राजनैतिक एजेन्डाको रूपमा कार्यान्वयन गरेभने सहजै देशले कृषि क्रान्तिमा ठुलो तरङ्ग ल्याउनेछ। अन्यथा देशका स्वतन्त्र छवि भएका सबैले बिश्वास गर्नसक्ने वौद्धिकहरूले अबको कृषि क्रान्तिको नेतृत्व गर्नुपर्ने बेला भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले