back
CTIZAN AD

बागमती प्रदेशमा काठमाण्डौंका पाँचसहित थप ११ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ भदौ ७ सोमवार

696 

shares

७ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट बागमती प्रदेशमा आइतवार थप ११ जनाको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतवार काठमाडौंका ७६ र ६४ वर्षीया महिला, ७७, ८७ र ७० वर्षीय ३ पुरुष गरी ५ जनाको मृत्यु भएको हो ।

त्यस्तै चितवनमा ८४ वर्षीय पुरुष र ४७ वर्षीया महिला, रामेछापका ६० वर्षीय पुरुष, मकवानपुरका ५० वर्षीय पुरुष, ललितपुरकी ५० वर्षीया महिला, नुवाकोटका ९६ वर्षीय पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।

आइतवार थपिएका ११ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या ४,२४३ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आइतवार गरिएको ७,७८८ नमुना परीक्षणमा ९६० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा आइतवार थपिएका ९६० जनासँगै हालसम्म संक्रमित हुनेको संख्या ४ लाख ७ हजार ५५९ पुगेको छ । सोहि अवधिमा ३ लाख ८६ हजार ९७ जना निको भइसकेका छन् । मन्त्रालयका अनुसार प्रदेशमा निको हुनेको यो संख्या ९४.७३ प्रतिशत हो ।

हाल प्रदेशका विभिन्न अस्पतालका आइसीयुमा ४०८ र भेन्टिलेटरमा १०४ जनाको उपचार भइरहेको छ भने होम आइसोलेशनमा रहनेको संख्या १५ हजार २३ रहेको छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार ०९:२३ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...