७ भदौँ, काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।
धितोपत्र बिक्री प्रबन्धकका अनुसार कम्पनीको उक्त आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयर माग भएको थियो । आईपिओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण भएको छ ।
गोलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले १० कित्ता शेयर पाएका छन् भने भाग्यमानी ३ जनाले थप १ कित्ता अर्थात ११ कित्ता शेयर पाएका छन् । २३ लाख १७ हजार ८८९ आवेदकको भने हात खालि भएको छ ।
लघुवित्तले साउन २७ गतेदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।
कम्पनीको उक्त आईपिओका रिजल्ट मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np , सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।
वि.सं.२०७८ भदौ ७ सोमवार १०:०६ मा प्रकाशित


























