७ भदौ, काठमाडौँ । राष्ट्रि परीक्षा बोर्डले कक्षा १२ को परिक्षा दशैँ अगाडि नै हुने बताएको छ ।
परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाएपछि दशैंअघि नै परिक्षा हुन सक्ने राष्ट्रिय परीक्षा बोर्डका अधिकारीले बताएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा आफुहरु दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा रहेको ११ र १२ कक्षा हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताएका छन् । उनले परीक्षा स्थगीत गरिएपछि सहरी क्षेत्रमा अध्ययनरत अधिकांश विद्यार्थीहरु गाउँ फर्किएकाले सीसीएमसीसँग अनुमतिपछि १५ दिनको अग्रिम सूचना निकालेर परीक्षाका सूचारु हुने बारेमा जानकारी दिइने बताए ।
उनले सीसीएमसीसँग अनुमति लिएपछि सुरक्षाका मापदण्ड अपनाएर परीक्षा संचलन गर्न कुनै अप्ठ्यारो नहुने बताएका छन् ।
यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरेको थियो ।
सरकारले कक्षा १२ को परीक्षा दिने तथा विश्वविद्यालयको परीक्षामा सामेल हुने विद्यार्थीहरुका लागि परिचय पत्र तथा प्रवेशपत्रको आधारमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु गरिसकेको छ ।
यसअघि पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा संचालन गर्न आफूहरु तयार रहेको बताएको परीक्षा बोर्डले अन्तिममा परीक्षा संचालन गर्दा विद्यार्थीहरुमा कोरोनाको उच्च जोखिम हुने भन्दै चौतर्फिरुपमा आवाज उठेपछि परीक्षा स्थगीत गर्नु परेको थियो ।
वि.सं.२०७८ भदौ ७ सोमवार १४:५५ मा प्रकाशित






























