back
CTIZAN AD

किन बोली फेरिरहन्छन् वामदेव ?

वि.सं.२०७८ भदौ ७ सोमवार

720 

shares

घटना–१ : एमालेभित्रको विवाद चरमतातिर पुगेको बेला गत वैशाख २७ मा एक प्रेस नोट जारी गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल र झलनाथ खनाललाई एमाले विभाजन गर्न आग्रह गरेका थिए । समानान्तर कमिटी गठन गरिरहेको माधव तथा झलनाथ समूहलाई उनले पार्टी विभाजन गरे साथ दिने आश्वासन पनि दिएका थिए । समानान्तर कमिटी होइन पार्टी विभाजन गरौं भन्ने प्रस्ताव गौतमको थियो ।

‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन,’ गौतमले भनेका थिए, ‘तर यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’

घटना–२ : नेकपा विभाजन पछि छुट्टै एकता अभियान चलाईरहेका गौतम एमाले ब्यूँतिएपछि दुवै पक्षले आयोजना गर्ने बैठकहरुमा सहभागि भएका थिएनन् । उनले माधव–झलनाथ पक्षलाई पार्टी विभाजन गराउन आग्रह गरे पनि उनीहरुले बोलाउने भेला तथा बैठकमा भने सहभागिता जनाएका थिएनन् ।

तर, माधव पक्षले धोकाधडीपूर्णं भन्दै बहिस्कार गरेको एमाले केन्द्रीय कमिटीको १३ औं बैठक (असार १८ गते)मा भने गौतम सहभागी भए । बैठकमा सहभागि गौतमले एमाले विवाद ‘धेरै मिलेको’ बताए । बैठकमा बोल्दै गौतमले आफुँ जहिले पनि ओलीको साथमा हुने पनि बताएका थिए ।

घटना–३ : साउन २५ गते ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बसेको एमाले स्थायी समिति बैठकमा उपाध्यक्ष गौतम र ओलीबीच एक स्तरको चर्काचर्की नै भएको थियो । आफ्नो सुझाबलाई ओलीले ठाडै अस्वीकार गरेपछि गौतमले बैठकलाई बहिस्कार गरेर बाहिरिएका थिए । ओलीसँग चर्काचर्की परेको च्यासल बैठक पछि गौतम माधव–झलनाथ पक्ष नजिक देखिएका छन् ।

एमाले विभाजन गरेर नयाँ दल दर्ता गर्ने तयारी स्वरुप भदौ १ गते माधव पक्षले बोलाएको बैठकमा उनी सहभागि भएका थिए । उक्त बैठकमा गौतमले आफुँ पक्षका दुई सांसद तुलसा थापा (पत्नी) र माया ज्ञवालीलाई पनि लिएर गएका थिए ।

पार्टी विभाजनको उक्त निर्णायक बैठक पछि गौतमले आफुँ पक्षको बेग्लै भर्चुअल बैठक राख्दै माधव पक्षलाई नै साथ दिने निर्णय गराएका थिए । भदौ ३ मा बसेको गौतम पक्षीय एकता अभियानको भर्चुअल बैठकको निष्कर्ष नै माधव पक्षलाई साथ दिने भन्ने थियो ।

‘ओलीको प्रवृत्तिले नेकपा छिन्नभिन्न भयो, एमालेको हालत पनि यस्तो भयो, उनलाई साथ दिनु भनेको अझ उनको एक्लौटी निर्णय, निरकुंश र स्वेच्छाचारी व्यवहारलाई मलजल गर्नु जस्तै हो’, गौतमले बैठकमा भनेका थिए, ‘माधव नेपाल नेतृत्वको पार्टीमा म सबभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस्, उहाँले दिनुहुन्छ, मलाई विश्वास छ, हामी उहाँले नेतृत्व गरेको पार्टीमा रहेर अब भूमिका खेल्नेछौं ।’

घटना–४ : माधव नेपालले नेतृत्व गरेको पार्टीलाई सहयोग गर्ने घोषणा गरेका गौतमले तीन दिनको बीचमै भने उक्त घोषणालाई उल्ट्याएका छन् । गौतमले आफ्ना स्वकीय सचिवमार्फत आइतबार आफ्ना भनाई सार्वजनिक गर्दै आफुँ एमालेमा नै रहेको र यसअघि आफ्ना बारे आएका समाचारहरु गलत भएको पनि बताए ।

स्वकीय सचिव दीपक टमाटाद्धारा आइतबार सार्वजनिक गरिएको प्रेस नोटमा भनिएको छ, ‘क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होईन । क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । साथै क. माधव नेपालप्रति एमाले नेतृत्वपंक्तिबाट भएको व्यबहारको आलोचना गरिरहेको यथार्थ नै हो । यद्यपि अहिले गरिएका सबै खाले प्रचार प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

एमाले विभाजनपछि गाैतमले फेरेकाे बाेली

गौतमलाई एमालेका दुवै पक्षले ‘भर नभएका’ नेताको रुपमा चित्रित गर्दछन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद बढाउनुमा पनि गौतमको भूमिका जिम्मेवार रहेको नेताहरुको टिप्पणी छ । राष्ट्रिय सभा सदस्य हुँदै प्रधानमन्त्री बन्न गौतमले राखेको आकांक्षा नै नेकपामा विवादको जड भएको धेरै नेताहरुको भनाई छ ।

नेकपाभित्रको विवाद उचाईमा पुग्दा निर्णायक पोजिसनमा देखिएका गौतम कहिले ओली त कहिले प्रचण्ड–माधव पक्षमा देखिने गरेका थिए । पार्टी विभाजनको तहमा पुग्दा गौतमले नेकपा एकता अभियान भन्दै तेस्रो धार बनाउन खोजेका थिए ।

सर्वोच्चको आदेशसँगै एमाले ब्यूँतिएपछि पनि उनी कहिले ओली पक्ष त कहिले माधव पक्ष नजिक देखिँदै आएका छन् । ओली पक्षको बैठकमा गएर ‘म तपाईँकै हुँ’ भन्ने गौतम माधव पक्ष नजिक भएर भने ओलीको विरोध गर्ने गरेका छन् ।

एमाले विभाजनको तहसम्म आउँदा गौतमले फेरिरहेको बोली निकै अलमल्याउने खालको छ । भदौ ३ मा माधव पक्षले बनाउने पार्टीमा जाने घोषणा गरेका गौतमले भदौ ६ मा उक्त घोषणालाई उल्ट्याएका थिए ।

माधव निकटका एक नेताका अनुसार गौतमले माधव पक्षसँग गरेको बारगेनिङ्ग सम्भव नदेखेपछि उक्त बोली फिर्ता लिएका हुन् । उनका अनुसार गौतमले उपप्रधानमन्त्रीसहित माधव पक्षबाट बन्ने मन्त्रीहरुको नेतृत्व खोजेका थिए ।

‘उहाँको भर छैन्, स्वार्थकेन्द्रित बारगेनिङ्ग अहिले पुरा गर्ने अवस्था छैन्’, माधव निकट एक नेताले भनेका छन्, ‘उहाँको प्रस्तावको बारे छलफल भयो, सबैले प्रस्तावलाई सिधै अस्वीकार गर्नुपर्ने राय राख्नुभयो, बैठकको निर्णय थाहा पाएपछि उहाँले बोली फिर्ता लिनुभएको हो ।’

उनका अनुसार माधव पक्षले सकभर नयाँलाई मन्त्री बनाएर पठाउने तयारी गरेको छ । पार्टीमा आएपनि गौतमलाई मन्त्री नबनाउने निर्णय माधव पक्षको छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार १४:३२ मा प्रकाशित

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...